२०८३, १४ कार्तिक शनिबार

अबको निकास समृद्धि र विकासः मन्त्री विष्ट

अबको निकास समृद्धि र विकासः मन्त्री विष्ट


गुल्मी १६ कात्तिक: श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले अबको केही वर्षमा श्रम बेच्न विदेश भौतारिनु नपर्ने बताउनुभएको छ । गुल्मी मालिका गाउँपालिका–८ मरभुङ सिमलटारीस्थित स्वास्थ्यचौकी भवनको आज उद्घाटन गर्दै उहाँले नयाँ संविधान र सङ्घीयताको कार्यान्वयनसँगै तीन तहको निर्वाचन, त्यसको व्यवस्थापन तथा कानून निर्माणलगायतका काम भएको र अबको निकास समृद्धि र विकास भएको बताउनुभयो ।

मन्त्री विष्टले देशमा धेरै योजना ठेकेदारको लापर्वाहीले अलपत्र भएको बताउँदै समयमै काम नसक्ने निर्माण व्यवसायीलाई सरकारले कानून परिवर्तन गरेर भए पनि कारवाही गर्ने धारणा व्यक्त गर्नुभयो । तम्घास–सिमलटारी–प्यूठान सडक र धुर्कोट सव स्टेशनको काम सन्तोषजनक रुपमा अगाडि बढ्न नसकेको उल्लेख गर्दै मरभुङ सिमलटारी स्वास्थ्यचौकी जस्ता धेरै स्वास्थ्यचौकी आफ्नो क्षेत्रमा निर्माण भइरहेको बताउनुभयो ।

उक्त स्वास्थ्यचौकी रु दुई करोड ४२ लाखको लागतमा निर्माण सम्पन्न भएको हो । यसैगरी मन्त्री विष्टले मालिका गाउँपालिका–७ घमिरस्थित स्वाथ्यचौकी भवनको पनि आजै उद्घाटन गर्नुभयो । उक्त भवन पनि रु दुई करोड ४२ लाखको लागतमा निर्माण भएको जनाइएको छ ।

प्रकाशित मिति : २०७५, १६ कार्तिक शुक्रबार  ९ : ५८ बजे

सिन्धुली रास्वपाको ‘क्यान्डिडेट क्लब’मा २ जनाको मात्रै निवेदन

सिन्धुली । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट स्थानीय तहको निर्वाचनमा

भैरहवाको बदलिँदो पहिचान : गाउँबाट व्यापारिक सहर,

रुपन्देही । कुनै समय ढुंगैढुंगाका बाटा, फुसका घर, झाडी र

पत्रकार पक्राउ र सञ्चारगृहमाथिको हस्तक्षेपविरुद्ध माइतीघरमा पत्रकारको प्रदर्शन

काठमाडौं । पत्रकार पक्राउ, सञ्चारगृहमाथि धरपकड र न्यूजरुममा प्रहरी हस्तक्षेप

पहिरोले बिपी राजमार्ग अवरुद्ध, पिन्थली र गिम्दीबेँसीमा सडक बन्द

काभ्रेपलाञ्चोक । निरन्तर वर्षासँगै पहिरो खस्दा बिपी राजमार्ग पूर्ण रूपमा

रास्वपाको सचिवालय बैठक आज, बिहान ११ बजे बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज सचिवालय बैठक