२०८३, २९ आश्विन शुक्रबार

पिपिएल क्रिकेटमा काठमाडौँ र धनगढी विजयी

पिपिएल क्रिकेटमा काठमाडौँ र धनगढी विजयी


कास्की, १६ कात्तिक: पोखरा प्रिमियर लिग(पिपिएल) क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा हुलास काठमाडौँ रोयल्स र एक्पर्ट धनगढी ब्लुज विजयी भएका छन् । बुटवल ब्लास्टर्सलाई ३७ रनले पराजित गरेको काठमाडौँ छ अङ्कसहित अङ्क तालीकाको शीर्षस्थानमा पुग्न सफल भएको छ । टस जितेर पहिला ब्याटिङ रोजेको काठमाडौँले अविजित नरेश बुढाएरको अर्धशतकीय योगदानको मद्दतले २० ओभरमा चार विकेट गुमाउँदै १७२ रनको योगफल तयार ग¥यो । २८ बल सामना गरेका बुढायरले पाँच छक्का र तीन चौका प्रहार गर्दै ५८ रन बनाएका थिए ।

यसअघि लगातार दुई हार भोगेको बुटवलको जितका लागि १७३ रनको लक्ष्य पछ्याउने क्रममा निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै १३५ रन मात्र जोड्न सक्यो । बुटवलका रोहन मुस्तफाले पाँच चौका र चार छक्का सहित ६१ रन वनाएपनि टिमलाई जिताउन सकेनन् ।

आजको पहिलो खेलमा एक्पर्ट धनगढीले घरेलु टोली पोखरा पल्टनलाई दुई विकेटले पराजित गरी जारी प्रतियोगितामा छ अङ्क जोड्न सफल भयो । टस जितेपछि ब्याटिङ रोजेको पोखरा पल्टनले २० ओभरमा आठ विकेट गुमाउँदै १४४ रनको योगफल तयार गरी धनगढी ब्लुजलाई १४५ रनको लक्ष्य दिएको थियो । पोखराको लक्ष्य बुटवलले आठ विकेट गुमाउँदै निर्धारित ओभरमा एक बल छँदै भट्टाएको थियो ।

तीन ओभरमा सन्दीप झोरा, सौरभ खनाल र मन्जित श्रेष्ठलाई पाँच रनमै गुमाउँदै धराशायी अवस्थामा पुगेको धनगढी ब्लुजलाई दीपेन्द्रसिंह ऐरीले कप्तानी पारी सम्हाल्दै नटआउट २६ बलमा चार चौका र चार छक्काको मद्दतले ४९ रन जोडेर जिततर्फ अग्रसर गराए । खेलमा ब्लुजका कमलसिंह ऐरीले चार विकेट लिएका थिए ।

प्रकाशित मिति : २०७५, १६ कार्तिक शुक्रबार  ९ : ५० बजे

चुनावमा श्रमिकको जयजयकार, सत्तामा पुगेपछि तिरस्कार

चुनावमा श्रमिकका अधिकारको नारा, सत्तामा पुगेपछि बेवास्ता; विदेशमा असुरक्षा, स्वदेशमा

मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपहिरो प्रभावित परिवारलाई मासिक १५ हजारसम्म राहत

काठमाडौं । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गरिएको छ

प्रहरी अस्पताललाई मेडिकल कलेज बनाउने शाहको घोषणा

साइबर अपराध नियन्त्रणमा एआई प्रयोग गर्ने योजना काठमाडौं । प्रधानमन्त्री

काभ्रेली युवाको उत्साह र मनोरञ्जन बोकेर आयो ‘काभ्रेली दादा’

काठमाडौं । काभ्रेली युवा र जिल्लाको पहिचानलाई नयाँ ढंगले प्रस्तुत

तराई–मधेशमा दशैँको कुस्ती परम्परा हराउँदै

काठमाडौं । तराई–मधेशमा दशैँका बेला आयोजना हुने कुस्ती प्रतियोगिताको परम्परा