२०८३, १६ आश्विन शनिबार

लैङ्गिक विभेद् अन्त्यका लागि बेटी पढाउ, बेटी बचाउ अभियान

लैङ्गिक विभेद् अन्त्यका लागि बेटी पढाउ, बेटी बचाउ अभियान


जनकपुरधाम, १६ कात्तिक: दीनानाथ भगवती समाज कल्याण गुठीले धनुषा जिल्लाको विभिन्न क्षेत्रमा विशिष्ट योगदान पु¥याउने पाँच जना महिलालाई पुरस्कृत र चार जना सामाजिक अभियन्तालाई सम्मान गरेको छ । पुरस्कृत हुने महिलामा एसइइ परीक्षामा सामुदायिक विद्यालयतर्फ उत्कृष्ट छात्रा अञ्जली यादव, चेतनामूलक अभियानी शुभद्रा आले, कला, नृत्य र सङ्गीततर्फ सारथी लामा, पत्रकारितातर्फ नेहा झा तथा साहित्यतर्फ पुनम झा मैथिल रहेको छ ।

उत्कृष्ट छात्रा पुरस्कारको राशि रु २१ हजार तथा अन्य पुरस्कारको राशि जनही रु १५ हजार रहेको छ । त्यस्तै सम्मानित हुनेमा स्वच्छता अभियानी रामअशिष यादव, असहाय मञ्चका वैद्यनाथ साह, स्वर्गद्वारी अभियानी पवन सिंहानिया र अनाथ बालबालिका सेवी सत्यनारायण आलोक रहेको छ । सो अवसरमा प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले शिक्षाप्रति समाजमा जागरण ल्याउनु जरुरी रहेको भन्दै छोरीमाथि विभेद् जारी रहेका कारण समाजको विकास हुन नसकेको बताउनुभयो ।

प्रदेश सरकार लैङ्गिक विभेद् अन्त्यका लागि बेटी पढाउ, बेटी बचाउ अभियान सञ्चालन गरेको उल्लेख गर्दै उहाँले समाज परिवर्तनका लागि स्वयंमा परिवर्तनको आवश्यकता रहेको बताउनुभयो । मुख्यमन्त्री राउतले छोरीको जन्म हुँदा रोदन, पश्चताप, पीडा बोध गर्ने रुढीवादी चिन्तनको अन्त्य गर्नु जरूरी छ भन्नुभयो ।

जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहले सामाजिक कार्यमा राजनीति गर्न नहुने धारणा व्यक्त गर्नुभयो । गुठीका अध्यक्ष भोलानाथ महतोको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा गुठीका सचिव रामभरोस कापडिले गुठीले लिएको महिला सशक्तिकरणको उद्देश्य प्रदेश सरकारको बेटी पढाउ, बेटी बचाउ अभियानलाई सशक्त बनाउनमा टेवा पु¥याउने धारणा व्यक्त गर्नुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, १६ कार्तिक शुक्रबार  ९ : ४७ बजे

उपल्लो डोल्पाबाट बजारतर्फ लैजाँदै च्याङ्ग्रा फोटो फिचर

उपल्लो डोल्पाका हिमाली बस्तीमा पालिएका च्याङ्ग्राहरू अहिले दशैँ–तिहारको बजारलाई लक्षित

घर बनाउन सरकारले सामग्रीदेखि सहुलियत ऋणसम्म दिने

काठमाडौं । सरकारले पहिलोपटक घर बनाउने नागरिकदेखि विपन्न तथा मध्यम

२ महिनामै १०० को सेयर ८०० कसरी? कामाख्या फिनकर्पलाई कम्पनी रजिस्ट्रारको ७ दिने स्पष्टीकरण

काठमाडौं । कम्पनी दर्ता भएको दुई महिनामै कामाख्या फिनकर्प प्रालिको

यात्रुवाहक बस पल्टिँदा ६ जनाको मृत्यु, १० घाइते

नवलपरासी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को बिनयी त्रिवेणी

‘गुट होइन नीति, पद होइन जिम्मेवारी’ : महामन्त्रीका आकांक्षी महरले अघि सारे कांग्रेस रूपान्तरणका एजेन्डा

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको पूर्वसन्ध्यामा महामन्त्री पदका उम्मेदवार