२०८२, ८ माघ बिहीबार

लैङ्गिक विभेद् अन्त्यका लागि बेटी पढाउ, बेटी बचाउ अभियान

लैङ्गिक विभेद् अन्त्यका लागि बेटी पढाउ, बेटी बचाउ अभियान


जनकपुरधाम, १६ कात्तिक: दीनानाथ भगवती समाज कल्याण गुठीले धनुषा जिल्लाको विभिन्न क्षेत्रमा विशिष्ट योगदान पु¥याउने पाँच जना महिलालाई पुरस्कृत र चार जना सामाजिक अभियन्तालाई सम्मान गरेको छ । पुरस्कृत हुने महिलामा एसइइ परीक्षामा सामुदायिक विद्यालयतर्फ उत्कृष्ट छात्रा अञ्जली यादव, चेतनामूलक अभियानी शुभद्रा आले, कला, नृत्य र सङ्गीततर्फ सारथी लामा, पत्रकारितातर्फ नेहा झा तथा साहित्यतर्फ पुनम झा मैथिल रहेको छ ।

उत्कृष्ट छात्रा पुरस्कारको राशि रु २१ हजार तथा अन्य पुरस्कारको राशि जनही रु १५ हजार रहेको छ । त्यस्तै सम्मानित हुनेमा स्वच्छता अभियानी रामअशिष यादव, असहाय मञ्चका वैद्यनाथ साह, स्वर्गद्वारी अभियानी पवन सिंहानिया र अनाथ बालबालिका सेवी सत्यनारायण आलोक रहेको छ । सो अवसरमा प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले शिक्षाप्रति समाजमा जागरण ल्याउनु जरुरी रहेको भन्दै छोरीमाथि विभेद् जारी रहेका कारण समाजको विकास हुन नसकेको बताउनुभयो ।

प्रदेश सरकार लैङ्गिक विभेद् अन्त्यका लागि बेटी पढाउ, बेटी बचाउ अभियान सञ्चालन गरेको उल्लेख गर्दै उहाँले समाज परिवर्तनका लागि स्वयंमा परिवर्तनको आवश्यकता रहेको बताउनुभयो । मुख्यमन्त्री राउतले छोरीको जन्म हुँदा रोदन, पश्चताप, पीडा बोध गर्ने रुढीवादी चिन्तनको अन्त्य गर्नु जरूरी छ भन्नुभयो ।

जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहले सामाजिक कार्यमा राजनीति गर्न नहुने धारणा व्यक्त गर्नुभयो । गुठीका अध्यक्ष भोलानाथ महतोको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा गुठीका सचिव रामभरोस कापडिले गुठीले लिएको महिला सशक्तिकरणको उद्देश्य प्रदेश सरकारको बेटी पढाउ, बेटी बचाउ अभियानलाई सशक्त बनाउनमा टेवा पु¥याउने धारणा व्यक्त गर्नुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, १६ कार्तिक शुक्रबार  ९ : ४७ बजे

संविधान, लोकतन्त्र र राष्ट्रिय स्वाधीनताको रक्षाका लागि निर्णायक संघर्ष : मनोजजंग थापा

सिन्धुली। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई मुलुकको अस्तित्व,

सभापति बनेपछि पहिलो पटक पार्टी मुख्यालय सानेपा जाँदै गगन थापा

काठमाडौं। नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा नेतृत्वको

प्रचण्ड बिरुद्ध सिन्धुली नेकपामा विद्रोह, राजन विरुद्ध महेश्वर दाहालले दिए उम्मेदवारी

सिन्धुली नेकपामा बिद्रोह भएको छ । जिल्लाको शिफारिश बिपरित प्रचण्डले

सिन्धुली एमालेका कटुवाल र थापाले दर्ता गराए उम्मेदवारी

सिन्धुली: नेकपा एमाले सिन्धुलीका तर्फबाट प्रतिनिधि सभा क्षेत्र नं १

काठमाडौं-३ : कुलमान घिसिङसँग कांग्रेसले दुजाङ शेर्पा भिडाउने

काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि उज्यालो नेपाल पार्टीका अध्यक्ष