२०८३, १५ कार्तिक आईतबार

लण्डनमा सोनी म्यूजिकको कार्यालयमा दुई जना माथि चक्कू प्रहार

लण्डनमा सोनी म्यूजिकको कार्यालयमा दुई जना माथि चक्कू प्रहार


लण्डन, बेलायत, १६ कात्तिक :बेलायतको राजधानी लण्डनस्थित सोनी म्यूजिक कार्यालयमा शुक्रबार दुई जनालाई चक्कू प्रहार गरिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । धारिलो हतियार प्रयोग गरी भएको आक्रमणलाई आतङ्कवादी घटनाभन्दा भिन्न प्रकृतिको घटनाका रूपमा बेलायती प्रहरीले प्रारम्भिक अनुसन्धानपछि जनाएको छ ।

प्रहरीलाई स्थानीय समय अनुसार विहान ११ बजे घटनाबारे जानकारी गराइएपछि तत्कालै घटनास्थल डेरी स्ट्रीटमा सशस्त्र सुरक्षाकर्मी पठाइएको लण्डन महानगरीय प्रहरीले एक विज्ञप्ति जारी गरी जनाएको छ । बेलायती सञ्चारमाध्यमले घटना सोनी म्युजिक कम्पनीको भवनमा भएको बताएका छन् ।

उक्तस्थानमा थप दुर्घटना हुन नदिन सावधानीस्वरूप घटनास्थललाई घेरा हाली विस्तारै खाली गरिएको छ प्रहरीले जनाएको छ । घटनास्थलमा आकस्मिक सेवा प्रदान गर्न चिकित्सकसहितका अन्य स्वास्थ्यकर्मीलाई सतर्क अवस्थामा राखिएको प्रहरीले बताएको छ । घटनास्थल हाई स्ट्रीट केन्सिङटन व्यवसायिक क्षेत्रमा रहेका दैनिक पत्रिकाको कार्यालयहरूको सामुन्नेमा रहेको सोनी म्यूजिक कम्पनीको कार्यालयमा भएको हो ।

घटनास्थलमा छ जना भन्दा बढी समूहमा पटकपटक गरी सशस्त्र प्रहरी छिरेका र आक्रमणकारी भाग्ने आशङ्कामा मानिसहरूलाई भित्र छिर्न र बाहिर निस्कन नदिएको प्रत्यक्षदर्शी तथा द मेलका कर्मचारी ट्रीस एलिसले एएफपीलाई घटनाबारे बताउनुभयो । घटना भएको करिब एक घण्टापछि प्रहरीले दश पन्ध्र जनाको सङ्ख्यामा भित्र रहेका मानिसहरूलाई छोडेको उहाँले बताउनुभयो ।

प्रकाशित मिति : २०७५, १६ कार्तिक शुक्रबार  ७ : १९ बजे

नेपालसँग ४० लाख पर्यटक धान्ने क्षमता भएपनि १२ लाख मात्रै भित्र्याउन सकिएको छ : विनायक शाह

काठमाडौं । नेपालका होटलले वार्षिक ३५ देखि ४० लाख पर्यटकलाई

आजदेखि नागढुंगा सुरुङमार्गमा शुल्क लाग्ने, सवारीसाधनअनुसार ६० देखि ६०० रुपैयाँसम्म

काठमाडौं । नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट आजदेखि सडक उपभोग

काठमाडौं उपत्यकामा २४ घण्टामा १५१ सवारीसाधन कारबाहीमा

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने १५१ सवारीसाधनमाथि

इनम प्रकरण र न्यायालयको दुरावस्था 

अधिवक्ता चिरञ्जीवी नेपाल  न्यायपालिका व्यवस्थापिका र कार्यपालिका राज्य सञ्चालनका प्रमुख

नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज (आइतबार) बस्ने