२०८३, ९ आश्विन शनिबार

नयाँशक्तिले एक महीने जनजागरण अभियान सञ्चालन गर्ने

नयाँशक्तिले एक महीने जनजागरण अभियान सञ्चालन गर्ने


काठमाडौँ, १६ कात्तिक : नयाँशक्ति पार्टी नेपालले नयाँ आर्थिक क्रान्ति र समावेशी समृद्धिको मार्गचित्रबारे जानकारी गराउन एक महीने पूर्वपश्चिम जनजागरण अभियान सञ्चालन गर्ने घोषणा गरेको छ । बुधबार र बिहीबार चलेको पार्टीको १५औँ सङ्घीय बैठकले गरेका निर्णय सार्वजनिक गर्दै संयोजक डा बाबुराम भट्टराईले आगामी माघ १५ देखि फागुन १५ गतेसम्म पाँचथरको चिवाभञ्ज्याङबाट बैतडीको झुलाघाटसम्मको एक हजार ७६५ किलोमिटर लामो जनजागरण यात्रा गरिने बताउनुभयो ।

संविधानका अपूर्णता पूरा गर्न संविधान संशोधन, प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली र पूर्ण समानुपातिक संसद्, स्थानीय तहको सवलीकरण, प्रदेशको पुनःसीमाङ्कन, सुशासनका लागि अख्तियार र कर्मचारीतन्त्रको पुनःगठन र विदेशमा बस्ने नेपालीलाई मताधिकारलगायत सवालमा बृहत् जनजागरण अभियान सञ्चालन गरिने उहाँले बताउनुभयो । बैठकले आगामी मङ्सिर १ देखि चैत ३० गतेसम्मको ‘पाँच महीना, पाँच काम र पाँच परिणाम’ कार्ययोजना तयारसमेत गरेको छ । कार्ययोजनाअनुसार पार्टी महाधिवेशन आयोजक कमिटीका सबै सदस्य ७७ वटै जिल्लामा परिचालित भई स्थानीय पार्टी अधिवेशन सम्पन्न गर्ने र पार्टीलाई वडा तहसम्म विस्तार गरिने संयोजक डा भट्टराईले बताउनुभयो ।

बैठकले नेता गङ्गानारायण श्रेष्ठलाई सङ्गठन विभाग प्रमुख र नवराज सुवेदीलाई राजनीतिक संवाद समितिको संयोजकको जिम्मेवारीसमेत प्रदान गरेको छ । बैठकले देशको समसामयिक स्थितिका विषयमा सार्वजनिक महत्वको प्रस्तावसमेत पारित गरेको छ ।

पार्टीले संविधान निर्माण गर्दाको समयको राजनीतिक असन्तुष्टि सम्बोधन गर्न अविलम्ब संविधान संशोधन प्रस्ताव पेस गर्न, कञ्चनपुरकी निर्मला पन्त बलात्कार तथा हत्यामा संलग्नलाई अविलम्ब पत्ता लगाई कारवाही गर्न माग गरेको छ । राष्ट्रिय गौरवको आयोजना बूढीगण्डकी जलविद्युत् आयोजना नेपाल सरकार आफैँले निर्माण गर्न, नेपाली सेनाभित्र भएको अनियमितता र भ्रष्टाचारका विषय छानबिन गरी कारवाही गर्नसमेत माग गरेको छ ।

बढ्दो भ्रष्टाचार र आर्थिक अनियमिततालाई रोक्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगका क्रियाकलापलाई प्रभावकारी बनाउन माग गर्दै नयाँशक्तिले अख्तियारको संवैधानिक पुनःगठन, अख्तियार सेवाको गठन, अख्तियारमा राजनीतिक नियुक्तिको अन्त्य र अख्तियार सेवामा अन्य प्रशासनिक सेवाको सरुवा वा प्रभाव नहुने संवैधानिक तथा कानूनी सुधार, सार्वजनिक लोकपालको व्यवस्था गर्न सम्बद्ध सबै पक्षसँग सार्वजनिक आग्रह गरेको छ ।

दुई दिनसम्म चलेको बैठकले संयोजक डा भट्टराईले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदन सर्वसम्मतिले पारित गरेको थियो । यसैबीच नयाँशक्ति पार्टी निकट महिला शक्ति महासङ्घले कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको १०० दिन बित्दासमेत घटनामा संलग्नमाथि कारवाही नगरेको भन्दै आज अपराह्न माइतीघरमण्डलामा विरोध प्रदर्शन गरेको थियो ।

प्रकाशित मिति : २०७५, १६ कार्तिक शुक्रबार  ६ : ५८ बजे

बुडोल साकोसको वित्तीय स्वास्थ्य परीक्षण, ऋणदेखि तरलता र पूँजीकोषसम्म नियामकको निगरानी

काभ्रे । बचत तथा ऋण सहकारीको वित्तीय कारोबारमाथि नियामकीय निगरानी

इरानको अमेरिकालाई कडा सर्त : सम्झौता कार्यान्वयन भए ७ दिनमै होर्मुज स्ट्रेट खुल्ने

काठमाडौं । इरानले अमेरिकासमक्ष नयाँ प्रस्ताव राख्दै आवश्यक सर्तहरू पूरा

संयुक्त राष्ट्रसंघको महासभा सकेर प्रधानमन्त्री बालेन आज स्वदेश फर्किंदै

काठमाडौं । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भएर प्रधानमन्त्री बालेन्द्र

नेपालले जापानलाई दियो १५० रनको चुनौतीपूर्ण लक्ष्य

काठमाडौं । एसियन गेम्सअन्तर्गत क्रिकेट प्रतियोगितामा नेपालले आयोजक जापानसामु १५०

‘जलाकी’को दोस्रो गीत ‘जाले रुमाल मायालाई’ सार्वजनिक

काठमाडौं । ‘खुस्मा’ फेम्ड निर्देशक अशोक थापा मगर निर्देशित सिनेमा