२०८३, ३० श्रावण आईतबार

राष्ट्रकवि घिमिरे गीत पुरस्कारबाट बाँस्कोटा सम्मानित

राष्ट्रकवि घिमिरे गीत पुरस्कारबाट बाँस्कोटा सम्मानित


काठमाडौँ, १६ कात्तिक: राष्ट्रकवि माधव घिमिरे गीत पुरस्कारबाट वरिष्ठ सङ्गीतकार शम्भुजित बाँस्कोटा रु २० हजार र सम्मानपत्रसहित सम्मानित हुुनुभएको छ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११० औं जन्मजयन्तीका अवसरमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) ले बाँस्कोटालाई सो सम्मान दिएको हो । सो पुरस्कारबाट प्रत्येक दुई वर्षमा गीतकार र सङ्गीतकारलाई सम्मान गरिँदै आएको अनेसास नेपालका केन्द्रीय अध्यक्ष राधेश्याम लेकालीले बताउनुभयो । “अनेसासको प्रमुख काम साहित्य र सङ्गीतका क्षेत्रमा योगदान पु¥याउने व्यक्तिलाई सम्मान गरेर उहाँहरुको हौसला बढाउनु नै हो”, लेकालीले भन्नुभयो । सङ्गीतकार बाँस्कोटाले देशविदेशमा छरिएर रहेका लेखक तथा गीतसङ्गीतमा योगदान पु¥याउने व्यक्तिलाई अनेसासले सम्मान गरेर उदाहरणीय काम गरेको बताउनुभयो ।

सो अवसरमा अनेसास विशिष्ट सम्मानबाट साहित्यकार चेतन कार्की र कवि तोया गुरूङलाई रु २० हजारसहित सम्मान गरिएको थियो । त्यस्तै ४० हजारसहित अनेसास उत्कृष्ट पुस्तक पुरस्कारबाट साहित्यकार पद्मावती सिंह सम्मानित हुनुभएको थियो । सोही पुरस्कारबाट साहित्यकार नगेन्द्रराज पौडेल, रामजी घिमिरे, शारदा सुवेदी र सागर मुखियालाई रु २०–२० हजारसहित सम्मान गरिएको थियो । त्यसैगरी अनेसास नवरत्न सम्मानबाट गीतकार उन्नति बोहरा शिला, गायिका हरिदेवी कोइराला, कवि लक्ष्मी माली, समाजसेवी मीना केसी र सम्पदा मल्ललाई रु २०÷२० हजारसहित सम्मान गरिएको थियो । सो अवसरमा छन्द कविता, गद्य कविता र गजलमा प्रथम हुनेलाई रु २३ हजार २०० सहित सम्मान गरिएको थियो । छन्द कवितातर्फ प्रथम हुने हीरा भट्ट, गद्य कवितातर्फ प्रथम हुने सुदर्शन पौडेल र गजलतर्फ प्रथम हुने पुरू लम्साल सम्मानित भए ।

सो अवसरमा अनेसासबारे प्रकाशन र प्रसारण गरेर सहयोग गर्ने अनेसास केन्द्रका पूर्वअध्यक्ष गीता खत्री, साँस्कृतिक कार्यक्रम संयोजक राजेन्द्र केसी तथा सञ्चारकर्मी किशोर पहाडी, श्याम रिमाल, अश्विनी कोइराला, निरज पाण्डे, मोहराज शर्मा, डब्बु क्षेत्री, फूलमान बल, ठाकुर बेलबासे, कृष्ण भुसाल, उमेश पाण्डे र बुद्धि विश्वकर्मालाई प्रशंसापत्र वितरण गरिएको थियो । त्यस्तै अष्ट्रेलियाको अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी भएर फर्कने सात जनालगायत अनेसासका आजीवन सदस्यलाई प्रमाणपत्र वितरण गरिएको थियो ।

प्रकाशित मिति : २०७५, १६ कार्तिक शुक्रबार  ६ : ४० बजे

पाटन बारमा रास्वपाको ‘शर्मनाक हार’पछि धाँधलीको आरोप, निर्वाचन प्रक्रियामाथि प्रश्न

काठमाडौं । उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा रास्वपा निकट

भारतीय प्रधानसेनापति सेठ आज काठमाडौंमा, मानार्थ महारथीको दर्जा ग्रहण गर्ने

काठमाडौं । भारतीय सेनाका प्रधानसेनापति जनरल धिरज सेठ नेपालको औपचारिक

हर्मुजमा यूएईको तेल ट्यांकरमाथि इरानले आक्रमण गरेको आरोप

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) ले हर्मुज जलमार्गमा आफ्नो

नाफामा छलाङ मार्दै नेपाल टेलिकम, ४७.५८ प्रतिशत वृद्धि

काठमाडौं । नेपाल टेलिकमले गत आर्थिक वर्ष २०८२/८३ मा ८

एनसेल छानबिन प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णयमा सर्वोच्चको ब्रेक

काठमाडौं । एनसेलको शेयर खरिद–बिक्री तथा स्वामित्व परिवर्तनसम्बन्धी छानबिन प्रतिवेदन