२०८२, १२ माघ सोमबार

शिक्षामा कोरियाली सहयोग बढाउन शिक्षामन्त्री पोखरेलको आग्रह

शिक्षामा कोरियाली सहयोग बढाउन शिक्षामन्त्री पोखरेलको आग्रह


काठमाडौँ, १६ कात्तिक : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले नेपालको शिक्षा क्षेत्रको विकासका लागि दक्षिण कोरियाली सहयोग महत्वपूर्ण रहेको बताउनुभएको छ । दक्षिण कोरियाबाट नेपाललाई विकास, अध्ययन र तालीम तथा सूचना प्रविधिका क्षेत्रमा उल्लेखनीय सहयोग प्राप्त भइरहेको भन्दै उहाँले आगामी दिनमा थप सहयोग उपलब्ध हुने विश्वास व्यक्त गर्नुभयो । शिक्षा मन्त्रालय पुग्नु दक्षिण कोरियाका राजदूत योङ सिक पार्कसँग मन्त्री पोखरेलले विद्यालय शिक्षादेखि उच्च शिक्षासम्मको विकासमा कोरियाबाट सहयोग मिलेको बताउनुभयो ।

दुई देशबीचको सम्बन्ध विशिष्ट प्रकृतिको रहेको उल्लेख गर्दै मन्त्री पोखरेलले नेपाली युवालाई कोरियामा अध्ययन तथा रोजगारीका अवसर प्राप्त भएको र नेपालको बहुआयामिक विकासमा सहयोग पुगेको उल्लेख गर्नुभयो । हालै झापा र महोत्तरीमा कार्यान्वयन गर्ने गरी विद्यालयको सिकाइ वातावरण सुधार्न र बहु प्राविधिक शिक्षालय स्थापनाका लागि कोरिया सरकारसमक्ष प्रस्ताव पेस गरिएको उहाँले अवगत गराउनुभयो ।

संविधान र सङ्घीयताको कार्यान्वयनसँगै मुलुक समृद्धितर्फ उन्मुख भएको भन्दै उहाँले समृद्धिको अभियानमा कोरियाजस्तो मुलुकको सहयोग महत्वपूर्ण हुने बताउनुभयो । राजदूत पार्कले नेपालको प्राविधिक तथा व्यावसायिक शिक्षाको विकासका लागि सरकारले लिएको नीति सकारात्मक रहेको भन्दै यस क्षेत्रमा थप सहयोग गर्ने विश्वास दिलाउनुभएको मन्त्री पोखरेलको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : २०७५, १६ कार्तिक शुक्रबार  ६ : २१ बजे

एमाले मकवानपुर चुनावी मोर्चामा

हेटौँडा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई निर्णायक

निर्वाचन आचारसंहिता लागू गराउन देशभरका पालिका र जिससलाई सर्कुलर

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निर्वाचन आचारसंहिता,

प्रचण्डलाई झलनाथको चेतावनी : अधिनायकवादी शैलीले नेकपा टुट्छ

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ

काभ्रेका युवाहरू एमालेमा प्रवेश : नयाँ शक्ति, नयाँ विश्वास

काभ्रे। आगामी फागुन २१ गते हुने निर्वाचनको तयारीलाई थप मजबुत

राष्ट्रिय सभामा १८ नयाँ सांसद: सन्तुलन, सन्देश र सत्ता-राजनीतिक गणित

काठमाडौं । राष्ट्रिय सभामा १८ जना नयाँ सांसद निर्वाचित भएसँगै