२०८३, १५ आश्विन शुक्रबार

जबर्जस्ती करणीको गलत स्वास्थ्य प्रतिवेदन बनाउने चिकित्सकविरुद्ध मुद्दा दायर

जबर्जस्ती करणीको गलत स्वास्थ्य प्रतिवेदन बनाउने चिकित्सकविरुद्ध मुद्दा दायर


काठमाडौँ, १६ कात्तिक : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १२ वर्षीय बालिकाको जबर्जस्ती करणीसम्बन्धी घटनाको अनुसन्धानको क्रममा गलत स्वास्थ्य प्रतिवेदन बनाउने जनकपुर अञ्चल अस्पतालका चिकित्सकविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । इलाका प्रहरी कार्यालय, धनुषाबाट भदौ ८ गते अनुसन्धान भएको १२ वर्षीया बालिकाको जबर्जस्ती करणी भएको घटनाको अनुसन्धानको क्रममा सो अस्पतालका डा भिके सिंह भनिने विजयकुमार सिंह र डा रम्भा गोइतले पीडित बालिकाको स्वास्थ्य परीक्षण गरी गलत प्रतिवेदन दिएको आयोगको अनुसन्धानबाट खुलेको छ ।

चिकित्सकले संवेदनशील रुपमा गर्नुपर्ने न्यूनतम कामसमेत नगरी चरम लापर्वाही गरी अनुसन्धान कार्यलाई प्रभावित गरी स्वास्थ्य परीक्षण प्रतिवेदन दिएको तथ्य पीडितको सिराहा जिल्ला अस्पतालमा पुनःगरिएको स्वास्थ्य परीक्षण प्रतिवेदनले प्रमाणित भएको पाइएको छ । यसैगरी आयोगले जिल्ला नापी कार्यालय, सप्तरीका सर्वेक्षक दीपेन्द्र यादवलाई रु १० हजार घुस लिएको अभियोगमा आज पक्राउ गरेको छ । जग्गाको क्षेत्रफल सुधार गर्ने कार्यको लागि सेवाग्राहीसँग घुस रकम माग गरेको भन्ने आधारमा आयोगको इटहरी कार्यालयबट खटिएको टोलीले आज पक्राउ गरेको हो । आरोपी सर्वेक्षकको थप अनुसन्धान भइरहेको छ ।

यसैगरी आयोगले यातायात व्यवस्था कार्यालय, वाग्मतीका सवारी चालक अनुमतिपत्र, सुकेधाराका नायब सुब्बा नवराज पराजुलीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । सवारी चालक अनुमतिपत्रको लिखित र प्रयोगात्मक परीक्षा पास गरिसकेका सेवाग्राहीलाई परीक्षामा फेल भएको भन्दै पास गराइदिने प्रलोभन देखाइ घुस मागेको आरोप नायब सुब्बा पराजुलीविरुद्ध लागेको छ । उक्त कार्यमा सोही कार्यालयका शाखा अधिकृत लोकबहादुर लामाको समेत मिलेमतो रहेको पाइएको छ ।

यस्तै आयोगले जिल्ला प्रशासन कार्यालय, शिक्षा विकास तथा समन्वय एकाइ, पर्साका एकाइ प्रमुख लालबाबु साहविरुद्ध पनि विशेष अदालतमा मुद्दा दायर गरेको छ । विद्यालयको भवन निर्माणका लागि निकासा भएको रकम विद्यालय खातामा हस्तान्तरण भएपछि बैंकमा रोक्का भएको रकम फुकुवा गर्ने भन्दै सेवाग्राहीसँग रु ४० हजार घुस माग माग्दामाग्दै केही दिन पहिले आयोगको टोलीको पक्राउ गरेको थियो ।

प्रकाशित मिति : २०७५, १६ कार्तिक शुक्रबार  ६ : १२ बजे

चाडपर्वमा काठमाडौंको सुरक्षा कडा : ३५ सय प्रहरी, ड्रोन र स्निफर डग परिचालन

काठमाडौं । दसैं, तिहार र छठलाई लक्षित गर्दै काठमाडौं प्रहरीले

भारतमा प्रदर्शन चर्कियो : जन्तरमन्तरबाट ७०० भन्दा बढी पक्राउ

काठमाडौं। भारतमा मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग्दै सुरु

रूख काटेर इतिहास मेटाउने !

सिन्धुली । नेपाली कांग्रेस सिन्धुलीका सचिव इश्वर बस्नेतले रूख काटेर

ग्लोबल आइएमई बैंकका शेयरधनीलाई १० प्रतिशत लाभांश, नाफा १६ प्रतिशत बढ्यो

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले शेयरधनीलाई चुक्ता पुँजीको १०

शिक्षा र ज्ञानलाई समाज, राष्ट्र र वातावरणको हितमा प्रयोग गर्न मुख्यमन्त्री थापाको आग्रह

हेटौँडा । वागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले शिक्षा र