२०८२, ३ श्रावण शनिबार

‘संविधानसँग बाझिने प्रदेशका कानून खारेज हुन्छ’ :कानूनमन्त्री ढकाल

‘संविधानसँग बाझिने प्रदेशका कानून खारेज हुन्छ’ :कानूनमन्त्री ढकाल


विराटनगर, १६ कात्तिक: कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले संविधानसँग बाझिने गरी प्रदेशले बनाएका कानून स्वतः खारेज हुने बताउनुभएको छ । यहाँस्थित विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले सङ्घले संविधानअनुसार कानून निर्माण गर्ने भएकाले प्रदेश सरकारलाई अलमलमा नपर्न आग्रह गर्नुभयो ।

मन्त्री ढकालले प्रदेश तथा स्थानीय तहमा कर्मचारी समायोजन र प्रहरी ऐन कानून निर्माण सम्बन्धमा गृहकार्य शुरु गरिसकिएको जानकारी दिनुभयो । प्रदेश सरकारको भावना र चाहनाप्रति सङ्घीय सरकार गम्भीर रहेको उल्लेख गर्दै आवश्यक कानून निर्माण गरी समयमै माग सम्बोधन गरिने उहाँले प्रष्ट पार्नुभयो । उहाँले न्यायालय र नेपाल सरकारअन्तर्गत कार्यरत कर्मचारीको सम्पत्ति विवरण सरकारसँग रहेको जानकारी दिँदै आवश्यक परेमा सार्वजनिक गर्न सकिने बताउनुभयो । सङ्घीय सरकारले हालसम्म १०० कानून निर्माण गरिसकेको बताइएको छ ।

प्रकाशित मिति : २०७५, १६ कार्तिक शुक्रबार  ६ : ०५ बजे

आजको तरकारी र फलफूलको मूल्य कति ?

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज

श्रमिकको न्यूनतम तलब बढेर १९ हजार पाँच सय ५० पुग्यो

काठमाडौं । सरकारले श्रमिकको न्यूनतम तलब बढाएको छ । श्रमिकको

एमालेमा वरिष्ठ उपाध्यक्ष खारेज गर्दै ११ सदस्यीय पदाधिकारी र १९९ सदस्यीय केन्द्रीय समिति हुने

काठमाडौं । सत्तारुढ नेकपा एमालेले सचिवालयमा गरमागरम बहश भएको छ ।

काठमाडौँमा डेङ्गीको जोखिम बढ्यो, सचेत रहन आग्रह

काठमाडौं । नियमित पानी परेकाले डेङ्गी सङ्क्रमणको जोखिम बढेको भन्दै