२०८३, ३० आश्विन शनिबार

‘संविधानसँग बाझिने प्रदेशका कानून खारेज हुन्छ’ :कानूनमन्त्री ढकाल

‘संविधानसँग बाझिने प्रदेशका कानून खारेज हुन्छ’ :कानूनमन्त्री ढकाल


विराटनगर, १६ कात्तिक: कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले संविधानसँग बाझिने गरी प्रदेशले बनाएका कानून स्वतः खारेज हुने बताउनुभएको छ । यहाँस्थित विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले सङ्घले संविधानअनुसार कानून निर्माण गर्ने भएकाले प्रदेश सरकारलाई अलमलमा नपर्न आग्रह गर्नुभयो ।

मन्त्री ढकालले प्रदेश तथा स्थानीय तहमा कर्मचारी समायोजन र प्रहरी ऐन कानून निर्माण सम्बन्धमा गृहकार्य शुरु गरिसकिएको जानकारी दिनुभयो । प्रदेश सरकारको भावना र चाहनाप्रति सङ्घीय सरकार गम्भीर रहेको उल्लेख गर्दै आवश्यक कानून निर्माण गरी समयमै माग सम्बोधन गरिने उहाँले प्रष्ट पार्नुभयो । उहाँले न्यायालय र नेपाल सरकारअन्तर्गत कार्यरत कर्मचारीको सम्पत्ति विवरण सरकारसँग रहेको जानकारी दिँदै आवश्यक परेमा सार्वजनिक गर्न सकिने बताउनुभयो । सङ्घीय सरकारले हालसम्म १०० कानून निर्माण गरिसकेको बताइएको छ ।

प्रकाशित मिति : २०७५, १६ कार्तिक शुक्रबार  ६ : ०५ बजे

कस्तो रहनेछ आजको मौसम ?

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ

फूलपाती भित्र्याउने तरिका फरक होला तर विधि समान हुन्छ : डा.नारायण प्रसाद निरौला

काठमाडौं । बडादशैंको सातौँ दिन आश्विन शुक्ल सप्तमीका दिन देशभर

सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह

काठमाडौं । कुनै समय नेपाल आउने अधिकांश पर्यटक काठमाडौंका ऐतिहासिक

घुन्सा हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएकाहरूको सम्झनामा निर्मित अर्धसालिक

विसं २०६३ असोज ७ गते ताप्लेजुङको घुन्सामा भएको हेलिकप्टर दुर्घटनामा

चिनियाँ लगानीको मासु प्रशोधन उद्योगमा कमाउ धन्दा, उद्योग प्रशासक शर्माकै मिलेमतो !

सिन्धुली । निर्माणाधिन सिन्धुलीको मासु प्रशोधन उद्योगमा अबैध रुपमा काममा