२०८३, ९ भाद्र बुधबार

नेकपा एकता प्रक्रिया टुङ्गो

नेकपा एकता प्रक्रिया टुङ्गो


डडेल्धुरा, १६ कात्तिक: डडेल्धुरामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पार्टी एकताको प्रक्रिया टुङ्गिएको छ । जिल्लास्तरीय कार्यदलले जिल्लाका स्थानीय तह र वडामा नेतृत्वको बाँडफाँट गरी पार्टी एकतालाई पूर्णता दिएको छ । जिल्लास्तरीय कार्यदलको बिहीबार सम्पन्न बैठकले एकतापछिको जिल्लाको भागबण्डा टुङ्ग्याएको हो । जिल्लामा रहेका सातवटा स्थानीय तहमध्ये अमरगढी नगरपालिकासहित चार स्थानीय तहमा तत्कालीन एमाले र पर्शुराम नगरपालिकासहित तीन वटा स्थानीय तहमा तत्कालीन माओवादी केन्द्रको नेतृत्व हुने भएको छ ।

तत्कालीन एमालेलाई अमरगढी नगरपालिका, आलिताल गाउँपालिका, नवदुर्गा गाउँपालिका र गन्यापधुरा गाउँपालिकामा नेतृत्व पाउने भएको छ भने तत्कालीन माओवादी केन्द्रले पर्शुराम नगरपालिका, भागेश्वर गाउँपालिका र अजयमेरु गाउँपालिकामा नेतृत्व पाउने सहमति भएको छ । जिल्लाका ५२ वडामा समेत नेतृत्वको बाँडफाँट गरिएको छ । जसअनुसार तत्कालीन एमालेलाई २८ वडा र तत्कालीन माओवादी केन्द्रले २४ वडामा नेतृत्व पाउने भएको छ ।

नेकपाको कार्यदलको बैठक सकिएपछि बाँडफाँट गरिएका पालिका तथा वडाको विवरण प्रदेश कमिटीमा पठाइने तत्कालीन एमालेका तर्फबाट कार्यदलका सदस्य वीरेन्द्र बस्नेतले जानकारी दिनुभयो । बैठकबाट सर्वसम्मतरुपमा भएको भागबण्डालाई प्रदेश कमिटीले अनुमोदन गरेपछि मात्रै गाउँ तथा वडा कमिटीले पूर्णता पाउने तत्कालीन माओवादी केन्द्रबाट कार्यदलका सदस्य मानसिंह मालले बताउनुभयो ।

समृद्धिका लागि सबै तह एकजुट
समृद्ध डडेल्धुरा निर्माणका लागि यहाँका स्थानीय तह एकजुट भएका छन् । डडेल्धुराका सातवटै स्थानीय तह समग्र विकासका लागि एकजुट भएका छन् । राजनीतिक हिसाबले भिन्न विचारबाट आएका भए पनि समृद्ध डडेल्धुरा निर्माणका लागि एकजुट हुनुपर्ने भन्दै डडेल्धुराका सातवटै स्थानीय तहका जनप्रतिनिधि एकजुट भएका हुन् । यहीअनुरुप प्रत्येक दुई महीनामा पालैपालो स्थानीय तहले बैठकको आयोजना गर्ने गरेका छन् । स्वास्थ्य, शिक्षा, पर्यटनजस्ता विकासका साझा मुद्दाको पहिचान गरी बैठकबाट पास गराइने गरेको स्थानीय तहले जनाएका छन् ।

जिल्लामा रहेका दुई वटा नगरपालिका र पाँच गाउँपालिका सहित जिल्ला समन्वय समितिका बीच हुने बैठकले जिल्लाको समग्र विकासमा टेवा पुग्नुका साथै एकअर्का स्थानीय तहले गरेको कामको सिको गर्न सकिने जनप्रतिनिधिको भनाइ छ । स्थानीय तहले गरेका राम्रा प्रयासका बारेमा समेत बैठकमा छलफल गरी सिको गर्ने गरेको गन्यापधुरा गाउँपालिका अध्यक्ष नवलबहादुर मल्लले बताउनुभयो ।

हालसम्म बसेका बैठकले उपक्षेत्रीय अस्पताल डडेल्धुरालाई मेडिकल कलेजका रुपमा विकास गर्ने, पर्यटनका लागि सातवटै स्थानीय तहमा रहेका धार्मिक पर्यटकीय क्षेत्रलाई जोड्नका लागि करिडोर बनाउने, शिक्षा क्षेत्रमा देखिएको विकृति र विसङ्गतिलाई हटाउने, जिल्लामा भइरहेको अतिक्रमणलाई हटाउनका लागि पहल गर्ने लगायतका निर्णय गरेको जनप्रतिनिधिको भनाइ छ ।

स्थानीय तहका बीचमा हुने आपसी समझदारीबाट जिल्लाको विकासमा सहयोग पुग्ने आम सर्वसाधारणले पनि विश्वास लिएका छन् । डडेल्धुराका स्थानीय तहले गरेको कामलाई देशका अन्य स्थानीय तहले पनि सिको गरी आ–आफ्नो जिल्लाको विकास गर्नमा लाग्नुपर्ने जिल्ला समन्वय समितिको प्रमुख गणेशराज भट्टले बताउनुभयो ।

प्रकाशित मिति : २०७५, १६ कार्तिक शुक्रबार  ५ : ३४ बजे

बाढीपहिरोका कारण कांग्रेसको महिला उद्यमशीलता सम्मेलन स्थगित

काठमाडौं । देशका विभिन्न स्थानमा बाढी तथा प्रतिकूल मौसमका कारण

रसुवा बाढी प्रभावितलाई डब्ल्युएचओको स्वास्थ्य सामग्री सहयोग, १ हजार जनाका लागि औषधि पठाइँदै

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले रसुवाको भोटेकोशी नदीमा आएको

बाढीको जोखिमले काठमाडौंबाट धादिङ, रसुवा र चितवन जाने गाडि काठमाडौंमै रोकिए

काठमाडौं । चीनतर्फबाट आएको भीषण बाढी भोटेकोशी हुँदै त्रिशूली नदीतर्फ

रसुवा बाढी : ड्रोनदेखि तालिमप्राप्त कुकुरसम्म परिचालन, खोजी तथा उद्धार तीव्र

काठमाडौं । रसुवामा आएको भीषण बाढीपछि प्रभावित तथा बेपत्ता नागरिकको

रसुवामा बाढीबाट मानवीय क्षति पुष्टि, यकिन विवरण आउन बाँकी

काठमाडौं । रसुवामा आएको बाढीबाट मानवीय क्षति भएको पुष्टि भएको