२०८३, ११ कार्तिक बुधबार

कार्यालय रित्याएर घुमघाम

कार्यालय रित्याएर घुमघाम


काठमाडौँ, कात्तिक १६ : ललितपुरको बागमती गाउँपालिकाका अध्यक्षसहितको जम्बो टोली कार्यालय नै खाली गरी स्थानीय तह अवलोकन गर्न पूर्वीनेपाल भ्रमणमा निस्किएको छ। टोलीमा ३३ जना सहभागी छन्।पाँचदिने भ्रमणमा मंगलबार निस्किएको टोलीको दार्जिलिङसम्म पुगेर शुक्रबार फर्किने योजना थियो। तर, टोली बिहीबार धरान–धनकुटातर्फ लागेको छ।

गाउँपालिका अध्यक्ष वीरबहादुर लोप्चनले इलामको विश्वशान्ति तथा रुम र झापाको बुद्धशान्ति गाउँपालिका अवलोकन गरी धरानतर्फ गएको बताए। उनका अनुसार धरान–धनकुटाका केही स्थानीय तहका काम हेर्ने योजना छ। ‘मिल्यो भने शुक्रबार नै काठमाडौं फर्कन्छौँ’, उनले भने।

कार्यालय सुनसान बनाएर जनप्रतिनिधि–कर्मचारी टोली भ्रमणमा निस्किएपछि सेवाग्राही मारमा परेका छन्। तर, कार्यालय सुनसान नबनाएको लोप्चन दाबी गर्छन्।स्थानीय तह कसरी सञ्चालित छन् त्यो अध्ययन गर्न निस्किएकाले यसलाई नकारात्मक रूपमा नलिन लोप्चनले आग्रह गरे। उनले भने, ‘हामी विदेश गएका होइनांै। मुलुकभित्र अवलोकन भ्रमणमा गएका हौँ,यो खबर आजको अन्नपुर्ण पोष्टमा छ ।

प्रकाशित मिति : २०७५, १६ कार्तिक शुक्रबार  ६ : ४३ बजे

इजरायलमा नेतान्याहुको लिकुड पार्टी अगाडि, सरकार गठनमा अन्योल

२५ प्रतिशत मतगणना हुँदा लिकुडलाई ३२ सिटको अग्रता, गठबन्धनले ६३

उपत्यकामा २४ घण्टामा ६४३ सवारीसाधनमाथि कारबाही

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ६४३ सवारीसाधनमाथि

दशैं तिहारमा राराताल आउने पर्यटक बढे

कालीकोट । दशैं तिहारको बिदामा राराताल घुम्न आउने पर्यटकको संख्यामा

नेपालका शासकले फ्रान्सबाट के सिक्ने ?

फ्रान्सको आन्दोलन नेपालका शासकका लागि पनि चेतावनी हो। जनताको असन्तुष्टिलाई

लुम्बिनीका सभामुख घर्तीसहित पाँच जनाविरुद्ध जालसाजीको आरोपमा मुद्दा

बुटवल । लुम्बिनी प्रदेशसभाका सभामुख तुलाराम घर्ती र प्रदेशसभा सचिव