२०८३, ३२ असार शुक्रबार

यस्तो छ खोकी निको पार्ने वैज्ञानिक विधि

यस्तो छ खोकी निको पार्ने वैज्ञानिक विधि


के तपाई लगातार खोकी लागेर हैरान हुनुहुन्छ ? अब झन्झट मान्नुपर्ने छैन । बेलायतको नयाँ स्वास्थ्य निर्देशिकाका अनुसार खोकीका बिरामीलाई सुरुमा महबाट बनाइने घरेलु औषधि वा अन्य सामान्य औषधि प्रयोग गर्न सुझाएको छ ।चिकित्सकहरुका अनुसार एन्टिबायोटिक्सले खोकी निको पार्न थोरै मात्र सहयोग गर्ने भएकाले हत्तपत्त एन्टिबायोटिक्स प्रयोग गर्नु हुँदैन । प्राय:जसो बिरामीहरुमा दुई वा तीन हप्ताभित्रै खोकी आफैं निको हुन्छ ।

चिकित्सकका अनुसार जथाभावी रुपमा एन्टिबायोटिक्स प्रयोग गर्दा त्यसले बिरामीलाई नछुने समस्या हुनसक्छ ।

खोकी निको गर्ने केही घरेलु उपचार विधिहरु यसप्रकार छन् :
खोकी निको पार्न कागती, अदुवा र मह हालेको तातो पानी खाने गर्नुपर्छ ।

बिबिसीले जनाएअनुसार अनुसार ब्रिटेनको न्याशनल इन्स्टिच्युट फर हेल्थ एण्ड कियर एक्सिलेन्स (एनआसीइ) र पब्लिक हेल्थ इंग्ल्याण्ड (पिएचइ) ले यसका लागि नयाँ निर्देशिका प्रस्ताव गर्दै यो विधिले खोकीको लक्षण सुधार्न मद्दत गर्ने केही सीमित प्रमाणहरू रहेको बताएका छन् ।

एन्टिबायोटिक्सले पनि धेरैजसो खोकीहरू भाइरसहरु निको गर्न सक्दैन ।

पिएचइकी सहायक निर्देशक डाक्टर सुजन हप्किन्सकी अनुसार एन्टिबायोटिक्सले प्रतिरोधी क्षमतामा पुर्‍याउने असर ठूलो समस्या भएकोले यसको प्रयोग घटाउन कदमहरू चाल्न आवश्यक छ ।

निर्देशिकाले यदि अन्य गम्भीर रोगहरूका कारण खोकी लागेको भए चाहिँ एन्टिबायोटिक्स आवश्यक पर्न सक्ने सुझाव दिएको छ ।

खोकी लाग्दैमा एक वर्षभन्दा कम उमेरका बालबालिकालाई भने मह दिनु राम्रो मानिँदैन ।

प्रकाशित मिति : २०७५, १५ कार्तिक बिहीबार  ८ : ३५ बजे

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

केहीबेरको वर्षामै काठमाडौं जलमग्न, माइतीघर डुबानमा परेपछि सवारी आवागमन प्रभावित

काठमाडौं । बिहीबार दिउँसो परेको अविरल वर्षाले काठमाडौं उपत्यकाका विभिन्न

‘मार्वल’को ट्रेडमार्क दुरुपयोग गरेको आरोप, जानकी प्लास्टिक उद्योगका सञ्चालक पक्राउ

जनकपुरधाम । प्रसिद्ध ‘मार्वल’ ब्रान्डको ट्रेडमार्क दुरुपयोग गरी नक्कली पाइप

अब राइड सेयरिङ चालकले अनिवार्य प्यान लिनुपर्ने, राजस्व विभागको नयाँ निर्देशन

काठमाडौं । आन्तरिक राजस्व विभागले राइड सेयरिङ सेवामा आबद्ध चालकहरूलाई

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी, विभिन्न नियुक्ति र समसामयिक विषयमा निर्णय हुने सम्भावना

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहको अध्यक्षतामा मन्त्रिपरिषद्को बैठक सिंहदरबारस्थित