२०८२, १८ माघ आईतबार

क्रसर र टिपरमा प्रहरीकै अवैध लगानी

क्रसर र टिपरमा प्रहरीकै अवैध लगानी


काभ्रे , कात्तिक १५: मण्डनदेउपुर नगरपालिका ६ भांगेटारमा भएको सवारी दुर्घटनामा नोपल प्रहरीका बाहालवाला नायव महानिरीक्षक (डीआईजी) सुशीलकुमार भण्डारीको मृत्युपछि नयाँ विषयको रहस्योद्घाटन भयो, उनको अवैध लगानी । एक महिनाको बिदा स्वीकृत गराएर विदेश जाने तयारीमा रहेका उनी अघिल्लो दिन आफ्ना व्यवसायीक साझेदार सँग नयाँ व्यवसायमा लगानी गर्न काभ्रेको मण्डनदेउपुर पुगेका थिए । तर त्यहीँ उनको जीवनको अन्त्य भयो ।

काभ्रे प्रहरीलाई सुइँको समेत नदिई पुगेका उनी दुर्घटनामा पर्दासमेत प्रहरीलाई डीआईजी हुन् भन्ने जानकारी भएन । आजको कान्तिपुरले पृष्ठ २ मा पत्रकार नगेन्द्र अधिकारीको समाचार छापेको छ । डीआईजी भण्डारीसहित ३ जनाको ज्यान जाने गरी भएको दुर्घटना शंकास्पद भएको भन्दै प्रहरीले अनुसन्धान थालेको छ ।

काभ्रेका विभिन्न क्रसर उद्योगमा उनको लगानी पाइएको छ । स्रोतका अनुसार डीआईजी भण्डारीले आफन्तका नाममा बेथानचोक गाउँपालिकामा रहेको चलाल गणेश रोडाढुंगाा उद्योगमा अप्रत्यक्ष लगानी गरेका थिए । त्यस क्षेत्रमा बालुवा खानी सञ्चालन गर्दै आएका एक व्यक्तिले दिवंगत भण्डारीले डेढ दर्जन टिपर सञ्चालन गरेको बताए । स्थानीय र प्रहरीले अवरोध गर्दा उनी आफैंले फोन गरी दबाब दिने गरेका थिए ।

काभ्रेमा खटिएका अन्य प्रहरी अधिकृतको पनि खानी ताथ क्रसरमा लगानी भेटिएको छ । काभ्रे ट्राफिक प्रहरी प्रमुख रहेर काम गरेका तत्कालीन इन्सपेक्टर सुकदेव खनाल (हाल डीएसपी) ले पनि श्रीमतीका नाममा क्रसर उद्योगमा लगानी गरेको भेटिएको हो । जिल्लामा रहेका क्रसर गैरकानुनी रुपमा सञ्चालन भइरहेको छ । बीपी राजमार्ग र अरनिको राजमार्ग हुँदै दैनिक टिपर सञ्चालन गर्नुपर्ने भएकाले व्यवसायीले प्रहरीसँग साँठगाँठ आएका छन् ।

प्रकाशित मिति : २०७५, १५ कार्तिक बिहीबार  ७ : १५ बजे

डाँडापारिको विकासका लागि एमाले उम्मेदवार अमित लामाको प्रतिबद्धता

काभ्रे । डाँडापारि क्षेत्रको समग्र विकास, रोजगारी सिर्जनाका लागि स्थानीय

युवा सङ्घ नेपालको नेतृत्व महाराज गुरुङलाई

काठमाडौं। राष्ट्रिय युवा सङ्घ नेपालको केन्द्रीय युवा परिषद्को प्रथम बैठकले

फास्ट ट्र्याकको भौतिक प्रगति ४५ प्रतिशत, तोकिएकै समयमा सम्पन्न हुने सेनाको दाबी

काठमाडौं । संघीय राजधानी काठमाडौंलाई मधेशसँग जोड्ने काठमाडौं–तराई फास्ट ट्र्याक

चुनावपछि पनि ‘जेलेन्स्की’ जन्माउने प्रयास हुँदैछ : शंकर पोखरेल

काठमाडौं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले जेन–जी आन्दोलनपछि नेपालमा विदेशी

सिन्धुलीमा विजयको झण्डा फहराउने उद्घोष

सिन्धुली। नेकपा एमालेले निर्वाचन केन्द्रित अभियानलाई तिब्रता दिएको छ ।