२०८३, १४ श्रावण शुक्रबार

तपाईलाई निन्द्रा लाग्दैन ? ६० सेकेण्डमै निदाउने उपाय हेर्नुहोस

तपाईलाई निन्द्रा लाग्दैन ? ६० सेकेण्डमै निदाउने उपाय हेर्नुहोस


अधिकांश मानिसहरूलाई राति सुत्नेबेला निदाउनको लागि धेरै मुश्किल हुने गर्दछ। यस्तो हुनुमा धेरै कारणहरूले प्रभाव पारिरहेका हुन्छन्। दिनभरीको थकान र तनावले गर्दा हाम्रो शरीर थाकेपनि, मस्तिष्कमा नानाथरी कुराहरू खेलिरहेका हुन्छन् जसले गर्दा निन्द्रा लाग्न धेरै समय लाग्ने गर्दछ। यस्तो समस्याबाट मुक्त हुने एउटै उपाय भनेको हाम्रो दिमागलाई शान्त र अचल बनाउनु नै हो।कभिभउ ष्ल टण् कभअयलमक

अमेरिकी निन्द्रा विशेषज्ञ ‘डा. एण्ड्रिउ विल’ ले एक श्वासप्रश्वासको प्रविधीको विकास गरेका छन्, जसले तपाईँलाई केवल ६० सेकेण्डमा नै निन्द्रा लगाउन मद्दत गर्दछ। तर यो विधिबाट प्रत्यक्ष असर देख्नको लागि तपाईँले ६० दिनसम्म हरेक दिन २ चोटी यसलाई अभ्यास गर्नुपर्ने हुन्छ। दिनदिनै अभ्यास गर्दैजाँदा तपाईँ आफैले यसको असरलाई महशुस गर्न सक्नुहुनेछ।

यो विधिमा ४.७.८ को नियम लागू हुन्छ, यसको लागि कुनै बाह्य साधनको जरूरत पर्दैन र तपाईँले जहाँ बसेर पनि यसलाई अभ्यास गर्न सक्नुहुन्छ। डा। विलका अनुसार, जति धेरै अभ्यास गर्यो त्यति नै आराम पाउन सकिन्छ र यसले तपाईँको रिसलाई नियन्त्रण गर्न पनि मद्दत गर्दछ।

यो अभ्यास सिक्नको लागि ढाडलाई सीधा बनाउनुहोस् र पाइतालाले भुईँमा सीधा टेक्नुहोस्। त्यसपछि निम्न विधिहरू गर्नुहोस्

१. मुखबाट सबै हावा बाहिर निस्कने गरि लामो स्वास फाल्नुहोस्।
२. त्यसपछि मुख बन्द गरेर नाकबाट बिस्तारै स्वास भित्र लिनुहोस् र मनमनै ४ सम्म गन्नुहोस्।
३. त्यसपछि स्वासलाई रोक्नुहोस् र मनमनै ७ सम्म गन्नुहोस्।
४. त्यसपछि फेरि मुखबाट सबै हावालाई बाहिर निस्कने गरि ८ गनुन्जेलसम्म स्वास फाल्नुहोस्, यसरी बाहिर फाल्दा आवाज निस्कनुपर्ने हुन्छ।
५.यति गर्दा एक स्वासप्रश्वास पूर्ण हुन्छ। अब फेरि नाकबाट बिस्तारै स्वास भित्र लिनुहोस् र यो प्रक्रिया ४ चोटि दोहोर्याउनुहोस्।

प्रकाशित मिति : २०७५, ३ कार्तिक शनिबार  ११ : ०७ बजे

चाँगुनारायणमा अब घरदैलोमा आँखा उपचार,मोतियाबिन्दु शल्यक्रिया पनि निःशुल्क हुने

नबराज काफ्ले भक्तपुर, १५ श्रावण  : चाँगुनारायण नगरपालिका–२ दुवाकोट स्वास्थ्य

ब्रड पिक दुर्घटना : ६ नेपाली पर्वतारोही अझै सम्पर्कविहीन, उद्धारमा तीव्र समन्वय

काठमाडौं। पाकिस्तानको ब्रड पिक क्षेत्रमा आएको हिमपहिरोपछि सम्पर्कविहीन भएका नेपाली

गणेश यादवका परिवारलाई भेट्न आज सिरहा पुग्दै गृहमन्त्री गुरुङ, सुरक्षा अवस्थाबारे पनि लिने ब्रिफिङ

काठमाडौं। मधेश प्रदेशमा पछिल्ला दिनमा देखिएको तनावपूर्ण अवस्थाबीच गृहमन्त्री सुधन

आज राष्ट्रियसभा बैठक बस्दै, गृहमन्त्री गुरुङ र शिक्षामन्त्री पोखरेलले सांसदका प्रश्नको जवाफ दिने

काठमाडौं। संघीय संसदअन्तर्गत राष्ट्रियसभाको बैठक आज दिउँसो १ः१५ बजे बस्ने

सुनसरी घटनापछि सरकार-पीडित परिवारबीच सातबुँदे सहमति, मृतकलाई सहिद घोषणा गर्ने तयारी

काठमाडौं। सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा साउन १० गते भएको घटनामा