२०८३, २२ आश्विन शुक्रबार

सुत्केरी हुन नसक्दा महिलाको मृत्यु

सुत्केरी हुन नसक्दा महिलाको मृत्यु


सङ्खुवासभा २७ असोज  :  समयमै स्वास्थ्य संस्था नल्याउँदा खाँदबारीमा एक सुत्केरीको अकालमा ज्यान गएको छ ।

खाँदबारी नगरपालिका–३ की २० वर्षीया नन्दुमाया गुरुङको सुत्केरी हुन नसक्दा ज्यान गएको हो । उनलाई अन्तिम अवस्थामा जिल्ला अस्पतालमा आफन्तले ल्याएका थिए । पाठेघरबाट रगत बग्न थालेको झन्डै छ घन्टापछि अस्पताल ल्याउँदा उनको शनिबार बिहान ज्यान गएको जिल्ला अस्पतालले जनाएको छ ।

अस्पतालका डा युवराज बस्नेतले भन्नुभयो, “उनको ३४ हप्ताको बच्चा थियो, समयमै अस्पताल ल्याउन नसक्दा ज्यान गुम्यो, समयमै ल्याएको भए आमालाई बचाउथ्यौँ ।”

उनलाई पटकपटक जिल्ला अस्पतालमा गर्भ जाँच गराउन आउँदा सर्तक हुन सुझाब दिएको बस्नेतले बताउनुभयो । “पहिले नै हामीले सर्तक हुन र राम्रो अस्पतालमा जान सुझाब दिएका थियौं”, चिकित्सक बस्नेतले भन्नुभयो, पटकपटक भनेका थियौ, जानु भएन छ, उनलाई अस्पताल ल्याउन निक्कै ढिला भइसकेको थियो, बच्चा बचाउन नसकेपछि आमा बचाउन खोज्यौ तर सकेनौं ।”

प्रकाशित मिति : २०७५, २७ आश्विन शनिबार  ९ : ५६ बजे

अनधिकृत रूपमा बढी भाडा लिएको पाइए कडा कारबाही गर्छौं : बुद्ध एयर

काठमाडौं । बुद्ध एयरले सामाजिक सञ्जाल तथा केही अनलाइन सञ्चारमाध्यममा

कालिमाटीस्थित साल्ट ट्रेडिङको सुपथ मूल्य पसलमा उपभोक्ताको लाइन (तस्विरहरुसहित)

काठमाडौं । काठमाडौंको कालिमाटीस्थित साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको सुपथ मूल्य

ग्लोबल आइएमई बैंकको एसीईओमा बुद्धि अकेला बढुवा

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले बुद्धि अकेलालाई सहायक प्रमुख

नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला

काठमाडौं । नबिल बैंकले नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप (नबिल

कुमारी बैंकको १ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक सेयरधनीहरुको नाममा रहेको १