२०८३, ७ भाद्र सोमबार

दशैमा बढी भाडा लिने सार्वजनिक यातायात कारवाहीमा

दशैमा बढी भाडा लिने सार्वजनिक यातायात कारवाहीमा


काठमाडौँ, २७ असोज बडा दशैँमा घर जाने यात्रुसँग बढी भाडा असुल्ने १५ सार्वजनिक यातायातलाई थानकोटमा कारवाही गरिएको यातायात व्यवस्था विभागले जनाएको छ ।

थानकोट नाका हुँदै विभिन्न स्थानमा जाने सवारीको चलानीमा उल्लेख गरिएको भाडादर र विभागले तोकेको दरमा फरक परेपछि यी सवारीलाई कारबाही गरिएको प्रवक्ता गोकर्णप्रसाद उपाध्यायले राससलाई जानकारी दिनुभयो । विभागले आज थानकोटमा अनुगमन थालेको हो ।

“विभागले रु ७०० तोकेको स्थानमा रु एक हजार, रु ४०० तोकेको स्थानमा रु ६०० को चलानी गरेका सवारीलाई आज कारबाही गरियो, तोकेभन्दा बढी भाडा लिने सवारीभित्र छिरेर तपाईहरुसँग कति भाडा लियो भनी सोद्धा यात्रुले सही सूचना दिएनन्, कोही बोल्नै चाहेनन्”–उहाँले भन्नुभयो ।

काठमाडौँबाट जुम्लासम्मको भाडा रु दुई हजार ८०० तोकिएकामा रु तीन हजार १५० लिएको लिखित उजुरी आएपछि सवारीलाई कारबाही गरी यात्रुबाट बढी लिइएको भाडा फिर्ता गरिएको विभागले जनाएको छ ।

यात्रुले बढी भाडा लिएको टिकटसहित उजुरी गरेमा कारवाही गरी बढी लिइएको भाडा पनि फिर्ता गराउने प्रवक्ता उपाध्यायले बताउनुभयो ।

बढी भाडा लिने सवारीलाई रु पाँच हजारसम्म जरिवाना गरिएको छ । कोटेश्वरबाट सिन्धुलीसम्मको भाडा रु ४८९ तोकिए पनि रु एक हजारसम्म व्यवसायीले उठाइरहेका छन् । बल्खुबाट हेटौँडा चल्ने टाटा सुमोको भाडादर रु ४०० तोकिएकामा रु एक हजार, कलंकीबाट पोखराको भाडा रु ४८५ मा रु ९००, काठमाडौँबाट चितवनसम्मको भाडा रु ४९० तोकिएकामा रु ९०० सम्म उठाइएको नागरिक अनुगमनका क्रममा देखिएको सार्वजनिक यातायात सुधार अभियानमा लाग्नुभएका रामबहादुर थापाले जानकारी दिनुभयो ।

उपत्यका बाहिर जाने सबै नाकामा विभागले अनुगमन गर्न नसक्दा पनि यात्रु ठग्ने क्रम चलिरहेको उहाँले बताउनुभयो । दशैँका अवसरमा २५ लाखभन्दा बढी यात्रु उपत्यका बाहिर जाने गरेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : २०७५, २७ आश्विन शनिबार  ८ : ५० बजे

संसद्को रेकर्डबाट इन्दिरा राना र रामबहादुर थापाका शब्द हटाइए

काठमाडौं । प्रतिनिधिसभाको अभिलेखबाट सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद

कांग्रेस महाधिवेशन रोक्न देउवा–खड्का सर्वोच्चमा, छुट्टाछुट्टै रिट

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्रको विवाद अदालत

सामाजिक सञ्जालले घरभित्रै दूरी बढायो’ : बालबालिकाका लागि सीमा तोक्न एमालेको माग

काठमाडौं । नेकपा एमालेले बालबालिकाको सामाजिक सञ्जाल प्रयोगलाई नियमन गर्न

कोशीमा कार्की सरकारलाई बलियो साथ, ५७ सांसदले दिए विश्वासको मत

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेशसभामा आफ्नो

लुम्बिनीमा फेरियो सत्ता समीकरणको तस्बिर, नेकपाबाट तीन मन्त्री थपिँदै

बुटवल । लुम्बिनी प्रदेश सरकारमा सत्ता साझेदारीको सहमतिले आकार लिन