२०८३, १८ आश्विन सोमबार

गरे के हुन्न नेपालमा, हेर्नुहोस, बोडी खेतीबाट मनग्य आम्दानी

गरे के हुन्न नेपालमा, हेर्नुहोस, बोडी खेतीबाट मनग्य आम्दानी


दमौली, २७ असोज तनहुँ देवघाट गाउँपालिका–३ छिपछिपेका तुलबहादुर आले पेशाले शिक्षक हुनुहुन्छ । उहाँ दिउँसो विद्यालयमा भेटिनुहुन्छ, अनि बिहान–बेलुकाको फुर्सदको समयमा आफ्नो बारीमा ।

काम गर्नलाई जाँगर हुनुपर्छ भन्ने कुरा उहाँले आफ्नो कामबाट प्रमाणित गर्नुभएको छ । शिक्षण पेशासँगै उहाँले बोडी खेतीबाट समेत मनग्य आम्दानी गर्ने गर्नुभएको छ । उहाँले बोडी बिक्रीबाट वार्षिक रु दुई लाखसम्म आम्दानी हुने गरेको बताउनुहुन्छ ।

मालेपाटन–१ जातको बोडीखेती गर्नुभएका उहाँले आगामी वर्ष अझ आम्दानी बढ्ने अनुमान गरेको बताउनुभयो । ‘‘शिक्षण पेशा र खेतीलाई समय छुट्याएर काम गरिरहेको छु,’’ उहाँले भन्नुभयो, ‘‘बोडी खेतीबाट राम्रो आम्दानी छ, सन्तुष्ट पनि छु ।’’

सोही ठाउँका शान्तिमाया गुरुङले समेत बोडी खेतीबाट गत वर्ष रु। एक लाख साठी हजार आम्दानी गरेको बताउनुभयो । “यो वर्ष अझ राम्रो उत्पादन भएको छ, आम्दानी बढ्ने अनुमान छ”, उहाँले भन्नुभयो ।

अर्का कृषक गङ्गासिंह गुरुङले पनि बोडी खेतीबाट रु एक लाखभन्दा बढी आम्दानी गरेको बताउनुभयो । उहाँका अनुसार मालेपाटन–१ जातको बोडी बाह्रै महीना उत्पादन हुन्छ । फागुनदेखि चैत्र र साउनदेखि भदौ महीनामा बोडीको बीउ उत्पादन गर्न सकिन्छ ।

बोडीको बजारमा कुनै समस्या नरहेको उहाँले बताउनुभयो । यहाँ उत्पादन भएको बोडी तनहुँ, पोखरा, चितवन, काठमाडौँलगायतका ठाउँमा बिक्री हुने गरेको उहाँले जानकारी दिनुभयो ।

क्विन्टलको रु तीन हजारसम्म बिक्री हुने गरेकाले बोडी खेतीमा यस ठाउँका कृषकहरु आकर्षित भएका छन् । सहास नेपाल नामक संस्थाको सहयोगमा यस ठाउँका कृषकले बोडीखेती शुरु गरेका हुन् ।

यस ठाउँका ४४ घरधुरीले बोडीखेती गरेको स्थानीय शान्तिमाया गुरुङले बताउनुभयो । “तीन÷चार वर्षदेखि यहाँका मानिसले व्यावसायिक रूपमा बोडीखेती गरिरहेका छन्”, उहाँले भन्नुभयो, “बोडीखेती आयआर्जनको प्रमुख स्रोत बनेको छ ।” बोडीमा लाग्ने किराले बेला–बेलामा बोडी खेती नष्ट गर्ने गरेको गुनासो गर्नुहुन्छ स्थानीय तुलबहादुर गुरुङ । उहाँले बोडी खेती गर्ने कृषकलाई थप प्राविधिक ज्ञान र अनुदान वितरण हुनुपर्ने माग गर्नुभयो ।

प्रकाशित मिति : २०७५, २७ आश्विन शनिबार  ६ : ५३ बजे

गणेश माध्यमिक विद्यालयका नवनिर्मित भवनको उद्घाटन

भक्तपुर, १९ असोज  : वागमती प्रदेशको मुख्यमन्त्री किरण थापा मगरले

सल्लाघारीस्थित खुल्ला चौरमा यहीँ २१ गते बुधबारबाट दशैं रमाइलो महोत्सव–२०८३ सुरु हुने

भक्तपुर, १९ असोज  : नजिकिदै दशैंमा उपभेक्तालाई एकै ठाउँमा सहज,

महाधिवेशनको दोस्रो दिन : सवा ९ बजेबाट बन्दसत्र सुरु

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन आज (सोमबार) दोस्रो दिन पनि

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ७०१ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ७०१ वटा सवारीसाधनका

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय