२०८३, २५ आश्विन सोमबार

पार्टी एकता भएपछि ऐतिहासिक काम : प्रचण्ड

पार्टी एकता भएपछि ऐतिहासिक काम : प्रचण्ड


ललितपुर, २६ असोज : नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशभित्र र बाहिर रहेका प्रतिक्रियावादी शक्तिले सरकारलाई असफल बनाउने षड्यन्त्र गरिरहेको आरोप लगाउनुभएको छ ।

नेकपा ललितपुरले दशैँ, तिहार तथा छठका उपलक्ष्यमा शुभकामना दिन आज ललितपुरमा आयोजना गरेको कार्यक्रममा उहाँले दुई पार्टीबीच एकता भएपछि नेकपा बलियो भएको र यस अवधिमा धेरै ऐतिहासिक काम भएको चर्चा गर्नुभयो ।

उहाँले जनताको हितमा काम गर्न आफू र प्रधानमन्त्रीबीच पटकपटक समीक्षा भएको जानकारी दिनुभयो । अर्को प्रसङ्गमा काठमाडौँको सबै बाटा केही महीनामा कालोपत्रे भइसक्ने र यसका लागि सरकार लागि रहेको उहाँले उल्लेख गर्नुभयो ।

अध्यक्ष दाहालले नेपाल र भारतबीच बाटो र बाँधको समस्या समाधान गर्न दुवै देशका प्रतिनिधि थलोमा गएर काम गर्ने समझदारी भएको बताउनुभयो । नेकपाका केन्द्रीय सदस्य सुशीला नेपालले नेपालको विकासका लागि कम्युनिष्ट पार्टी सफल हुनुपर्ने धारणा राख्नुभयो ।

नेकपा ललितपुरका अध्यक्ष हरिकृष्ण ब्यन्जनकारले सरकारलाई असफल बनाउने प्रयास भइरहेकाले सजग हुनुपर्ने बताउनुभयो ।

प्रकाशित मिति : २०७५, २६ आश्विन शुक्रबार  ९ : ३४ बजे

महिलातर्फको खुला केन्द्रीय सदस्यमा वासना थापा अगाडि, यस्तो छ मतपरिणाम

काठमाडौं ।  नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खुला महिलातर्फ केन्द्रीय सदस्यको

हिम पर्वत हाइड्रोपावरको आईपीओ कात्तिक ११ देखि, स्थानीय र विदेशमा रहेका नेपालीले आवेदन दिन पाउने

काठमाडौं । हिम पर्वत हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानीय

रोहित पौडेलको शतक चम्किँदा क्यानडामाथि नेपालको शानदार जित

काठमाडौं । रोहित पौडेलको उत्कृष्ट शतकसँगै नेपालले आईसीसी विश्वकप क्रिकेट

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन देशको मुद्रा कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर

एमालेका १३ जना नयाँ केन्द्रीय सदस्यले आज शपथ लिँदै

काठमाडौं । नेकपा एमालेले मनोनीत गरेका १३ जना केन्द्रीय सदस्यलाई