२०८३, २० श्रावण बिहीबार

सरकार समृद्ध नेपाल निर्माणको अभियानमा जुटेको छ : श्रममन्त्री

सरकार समृद्ध नेपाल निर्माणको अभियानमा जुटेको छ : श्रममन्त्री


काठमाडौ २६ असोज श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सरकार गरीबी, अभाव र बेरोजगारीबाट देशलाई मुक्त गर्दै समृद्ध नेपाल निर्माणको अभियानमा जुटेको बताउनुभएको छ ।

बडादशैँ, तिहार, छठ तथा नेपाल संवत्का अवसरमा आज मन्त्रालयमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले नेपालीको श्रम र सीप नेपालकै विकासमा प्रयोग गरी समृद्ध नेपाल निर्माण गर्न सबै पक्ष एकजुट हुनुपर्ने बताउनुभयो ।

मन्त्री विष्टले मुलुकमा पर्याप्त रोजगारीका अभावमा घर परिवार र मातृभूमिबाट टाढा परदेशी भूमिमा रहेका लाखौँ नेपाली रगत र पसिना बगाउँदै अत्यन्त जोखिमपूर्ण काम गर्नुपरेको स्मरणसमेत गर्नुभयो ।

उहाँले भन्नुभयो, “दशैँमा आफ्नो घर आउने चाहना हुँदाहुँदै पनि कयौँ युवा घर फर्कन सक्नुभएको छैन । सरकार विदेशी भूमिमा नेपाली युवाले गरेको मेहनतलाई सम्मान गर्दछ । तपाईहरु स्वदेश फर्कदा जन्मभूमिमै श्रम गरी सम्मानजनक जीवनयापन गर्न पाउने गरी रोजगारीका अवसर वृद्धि गर्न सरकार क्रियाशील छ ।”

सबैले देश निर्माणमा योगदान गर्नुपर्ने बेला आएको बताउँदै उहाँले मरभूमिलाई हरियालीमा परिणत गर्ने पौरखी नेपाली हातले नेपाल बदल्न सक्ने विश्वास व्यक्त गर्नुभयो । पारिवारिक पुनर्मिलनको दृष्टिले दशैँ निकै महत्वको चाड भएको उल्लेख गर्दै उहाँले नेपालका चाडपर्वले सबै नेपालीलाई एकताबद्ध बनाउन सहयोग पु¥याउने बताउनुभयो ।

श्रमिक र सामाजिक न्यायको पक्षमा सञ्चारकर्मीले जनपक्षीय भूमिका निर्वाह गरेको बताउँदै मन्त्री विष्टले सञ्चारकर्मीले श्रमिकका पक्षमा निरन्तर आवाज उठाउनुपर्नेमा जोड दिनुभयो ।

प्रकाशित मिति : २०७५, २६ आश्विन शुक्रबार  ६ : ४७ बजे

गुण्डुको अन्नन्त कुण्डमा हरेक महिनाको अन्तिम सोमबार दिव्य गंगा–आरती हुने, सहभागि हुन आव्हान

भक्तपुर, २१ साउन । सूर्यविनायक नगरपालिका वडा नं. ७ गुण्डुस्थित

सूर्यविनायकको ऐतिहासिक शिव सर्किट घुम्दै महिलादेखिदेखि शिक्षक शिक्षिका

भक्तपुर, २१ साउन : सूर्यविनायक नगरपालिकाको ऐतिहासिक शिव शिव सर्किटकोबारेमा

सर्वोच्चले कांग्रेसको आधिकारिकता विवाद पुनः सुनुवाइ गर्न अनुमति दियो

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसको विशेष महाधिवेशन तथा आधिकारिकतासम्बन्धी

२६ मा स्वदेश फर्किने, २९ गते राष्ट्रिय भेलालाई सम्बोधन गर्ने

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वास्थ्योपचार