२०८३, १६ आश्विन शनिबार

दशैको शुरुवातसंगै कुन मन्दिर महिलालाई प्रवेशमा रोक लगाइन्छ ?

दशैको शुरुवातसंगै कुन मन्दिर महिलालाई प्रवेशमा रोक लगाइन्छ ?


धनुषा, २५ असोज जनकपुरमा नौरथाको प्रारम्भसँगै विभिन्न मठमन्दिर र शक्तिपीठमा विशेष भीड लागे पनि राजदेवी मन्दिरमा भने घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म महिलालाई दर्शन गर्न निषेध छ ।

सो अवधिमा महिलाका लागि मन्दिरको एक झ्याल खुला गरिएको हुन्छ । त्यही झ्यालबाट पूजार्चना गरेर फर्किनुपर्छ । त्रेतायुगमा राजा जनकको राजधानी जनकपुरमा राजदेवी माता जनकको कुलदेवीका रुपमा रहेको धार्मिक ग्रन्थमा उल्लेख छ ।

राजदेवी मन्दिरमा परापूर्वकालमा पूजा गर्न एक महिला मन्दिरको भित्री भागमा प्रवेश गरेको र उनी बेपत्ता भएको जनविश्वास रहेकाले सो मन्दिरभित्र महिलाको प्रवेशमा रोक लगाइएको मन्दिरका पुजारी राम गिरीको भनाइ छ । त्यस्तै रजस्वला भएकाहरु पूजाका लागि आउने गरेकाले पनि मन्दिरमा महिलाको प्रवेशमा रोक लगाइएको बताइएको छ ।

तान्त्रिक विधिमा पूजा हुने भएकाले पनि महिलालाई मन्दिरमा प्रवेश गर्न रोक लगाइएको हुन सक्ने केहीको अनुमान छ । परम्परा छाडेर अहिलेसम्म कुनै पनि महिलाले सो अवधिभर भित्र पस्ने आँट नगरेको स्पष्ट पार्दै महन्थ गिरी भन्नुहुन्छ, “विसं २०२० तिर नरेशानन्द गिरी नामका महन्थले यहाँको बलिप्रथा रोकेर बलि नचढाउँदा उनलाई अनिष्ट भएपछि क्षमापूजा गरी बलि चढाइएको थियो ।”

मन्दिरमा पूजापाठ तथा भाकल गर्दा मनोवाञ्छित फल पाउने जनविश्वास छ । सोही आस्थाका कारण दशैँका बेला राजदेवीमा पूजापाठ गर्न आउनेको भीड लाग्छ । महिलाकै रुपलाई मन्दिरभित्र राखी पूजा गरिए पनि महिलालाई नै पूजास्थलमा जान नदिनु न्यायसङ्गत नभएको अधिवक्ता रेखा झाले बताउनुभयो । झाले भन्नुभयो, “यो महिलामाथिको ठूलो विभेद हो । यसको पछाडि दिइने तर्कले महिलामाथि हालसम्म भइरहेको विभेदलाई नै प्रष्ट्याउने गरेको छ ।”

घटस्थापनादेखि नवमीसम्म मन्दिरमा महिलाको प्रवेशमा रोक लगाउनुलाई अधिकारकर्मी विनोद रविदास धर्मको नाममा धार्मिक अन्धविश्वासको एउटा पराकाष्ठा मान्छन् ।

यी सबै कुरा केही सङ्कुचित मानसिकताबाट प्रेरित व्यक्ति र वर्गबाट ल्याइएको तथा महिलाले दशैँमा मन्दिरभित्र भगवतीको पूजा नै गर्न नपाउने कुनै धर्ममा उल्लेख नभएको भन्दै यसको विरोध गर्नुपर्ने अधिकारवादी बताउँछन् ।

मानवअधिकारीवादी संस्था इन्सेक प्रदेश नं २ प्रमुख राजु पासवानले महिलामाथि विभेद हुने खालका यस्ता परम्परालाई हटाउनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले मात्र विधि र धर्मले सिकाएको हाम्रो परम्परा र संस्कृतिलाई अपनाउनुपर्छ न कि कसैले चलाएको गलत रीतिलाई, यस परम्परालाई परिमार्जन गर्नुपर्दछ ।” – अजयकुमार शाह

प्रकाशित मिति : २०७५, २५ आश्विन बिहीबार  ८ : ०४ बजे

उपल्लो डोल्पाबाट बजारतर्फ लैजाँदै च्याङ्ग्रा फोटो फिचर

उपल्लो डोल्पाका हिमाली बस्तीमा पालिएका च्याङ्ग्राहरू अहिले दशैँ–तिहारको बजारलाई लक्षित

घर बनाउन सरकारले सामग्रीदेखि सहुलियत ऋणसम्म दिने

काठमाडौं । सरकारले पहिलोपटक घर बनाउने नागरिकदेखि विपन्न तथा मध्यम

२ महिनामै १०० को सेयर ८०० कसरी? कामाख्या फिनकर्पलाई कम्पनी रजिस्ट्रारको ७ दिने स्पष्टीकरण

काठमाडौं । कम्पनी दर्ता भएको दुई महिनामै कामाख्या फिनकर्प प्रालिको

यात्रुवाहक बस पल्टिँदा ६ जनाको मृत्यु, १० घाइते

नवलपरासी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को बिनयी त्रिवेणी

‘गुट होइन नीति, पद होइन जिम्मेवारी’ : महामन्त्रीका आकांक्षी महरले अघि सारे कांग्रेस रूपान्तरणका एजेन्डा

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको पूर्वसन्ध्यामा महामन्त्री पदका उम्मेदवार