२०८३, १८ आश्विन सोमबार

काँग्रेस वरिष्ठ नेता पौडेलले भन्छन् ‘पार्टीलाई एकताको सूत्रमा बाँध्न आवश्यक’

काँग्रेस वरिष्ठ नेता पौडेलले भन्छन् ‘पार्टीलाई एकताको सूत्रमा बाँध्न आवश्यक’


तनहुँ, २५ असोज नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीलाई एकताको सूत्रमा बाँध्न आवश्यक रहेको बताउनुभएको छ ।

काङ्ग्रेस क्षेत्र नं १ तनहुँले आज आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा उहाँले पार्टीभित्र न्याय, निष्पक्षता र पारदर्शिताको मूल्याङ्कन हुन आवश्यक रहेको औँल्याउनुभयो ।

राष्ट्रका लागि काङ्ग्रेसले महत्वपूर्ण भूमिका खेल्न नसकेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “संसदीय दलले सदनदेखि सडकसम्म प्रतिरोध गर्न नसक्दा काङ्ग्रेसले यो हविगत भोग्नुपरेको हो ।”

नेतृत्वको कमजोरीले पार्टीले पराजय भोग्नुपरेको उहाँको भनाइ थियो । कार्यक्रममा राष्ट्रियसभाका सांसद प्रकाश पन्थ, सांसदद्वय दोबाटे विक र सरिता गुरुङ, पूर्वमन्त्री अमरराज कैनी, पूर्वसांसद रामचन्द्र पोख्रेल, पार्टीका केन्द्रीय सदस्य शङ्कर भण्डारी, जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेलगायतले शुभकामना दिनुभएको थियो ।

प्रकाशित मिति : २०७५, २५ आश्विन बिहीबार  ७ : १६ बजे

महाधिवेशनको दोस्रो दिन : सवा ९ बजेबाट बन्दसत्र सुरु

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन आज (सोमबार) दोस्रो दिन पनि

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ७०१ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ७०१ वटा सवारीसाधनका

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

सन्तानको दीर्घायुका लागि आमाको कठोर तपस्या नै जितिया पर्वको विशेषता हो : रामदयाल राकेश

काठमाडौं । देशभर अहिले दशैं, तिहार र छठलगायतका पर्वको मौसम

अनेमसंघ काभ्रेको नेतृत्वमा पवित्रा भुर्तेल, यस्तो बन्यो नयाँ कमिटी

काभ्रे । अखिल नेपाल महिला संघ (अनेमसंघ) काभ्रेपलाञ्चोकको नेतृत्वमा पवित्रा