२०८३, २२ भाद्र मंगलबार

दसैँ लाग्यो : दैनिक एक लाख सर्वसाधरण उपत्यकाबाट बाहिरिँदै

दसैँ लाग्यो : दैनिक एक लाख सर्वसाधरण उपत्यकाबाट बाहिरिँदै


काठमाडौं, असोज २५: दसैँ सुरु भएसँगै उपत्यकाबाट बाहिर जानेको संख्या बढ्न थालेको छ । दैनिक एक लाखजनाभन्दा बढी सर्वसाधारण उपत्यकाबाट गृहजिल्लातर्फ जान थालेको ट्राफिक प्रहरीले जनाएको छ । मंगलबार एक लाख १७ हजार सर्वसाधरण उपत्यकाबाट बाहिरिएका छन् । सोमबार ९० हजार बाहिरिएका थिए । बुधबारदेखि बाहिरिने यात्रुको चाप झन् बढेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका सहायक प्रवक्ता प्रहरी निरीक्षक जितेश दाहालले बताए ।

दसैँको वेला उपत्यकाबाट दुईतिहाइ सर्वसाधारण बाहिरिने गरेको विगतको तथ्यांक छ । धेरैजसो घटस्थापनापछि गृहजिल्ला जाने गर्दछन् । यातायात व्यवसायीका अनुसार हालसम्म करिब एक लाख यात्रुले अग्रिम टिकट बुकिङ गरेका छन् । दसैँका गृहजिल्ला जाने यात्रुहरूको सहजताका लागि ट्राफिक प्रहरीले विभिन्न स्थानमा यात्रु सहायता कक्ष राखेको छ । विगतको तुलनामा धेरै गुनासो नआएको प्रहरीले जनाएको छ ।

टिआरएस टोली परिचालन
ट्राफिकको आँखा छलेर नियम मिच्नेलाई कारबाही गर्न र कुनै पनि घटनामा तत्काल पुग्न उपत्यकामा ‘ट्राफिक ¥यापिड स्क्वाड’(टिआरएस) गठन गरी परिचालन गरिएको छ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले महानगरीय ट्राफिक महाशाखामा टिआरएसको बुधबार उद्घाटन गरेका छन् । यस कार्यक्रमअन्तर्गत ट्राफिक र जनपथ प्रहरीले मोटरसाइकलमा गस्ती गर्नेछन् । कतै कुनै घटना भएलगत्तै उनीहरू त्यहाँ पुग्नेछन् । गल्लीहरूमा ट्राफिक नियम मिच्नेहरूलाई पनि सो टोलीबाट कारबाही गरिने योजना रहेको एसएसपी वसन्त पन्तले बताए ।

यस्ता टोली दुईवटा मोटरसाइकलमा चार प्रहरी हुनेछन् । कार्यक्रममा महानिरीक्षक खनालले ट्राफिक प्रहरी र जनपथ प्रहरीले एक–आपसमा समन्वय गरी ट्राफिक व्यवस्थापनलाई थप चुस्त र प्रभावकारी बनाउन उल्लेखनीय भूमिका खेल्ने बताए । खनालले व्यवहार, बोली र कार्यशैलीमा उत्कृष्ट प्रदर्शन गर्न निर्देशन दिएका छन् ।
-नयाँ पत्रिका

प्रकाशित मिति : २०७५, २५ आश्विन बिहीबार  ६ : १८ बजे

प्रवासी नेपाली मञ्च युरोपको नेतृत्वमा शालिक थपलिया, यस्तो बन्यो नयाँ टिम

प्रवासी नेपाली मञ्च युरोपको पहिलो अधिवेशन सम्पन्न, उपाध्यक्षमा विनोद न्यौपाने

नबिल बैंकका शेयरधनीलाई १५.८० प्रतिशत लाभांश, बोनसले बढाउँदैछ पुँजी

काठमाडौं । नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर

भोटेकोशी बाढीका मृतकको सम्मानमा आज राष्ट्रिय शोक, झण्डा आधा झुकाइने

काठमाडौं,। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएकाहरूको