२०८३, २५ आश्विन सोमबार

न्यायपालिकालाई स्वतन्त्र र सक्षम बनाउन सामूहिक प्रयास जरुरी छ : प्रधानन्यायाधीश मिश्र

न्यायपालिकालाई स्वतन्त्र र सक्षम बनाउन सामूहिक प्रयास जरुरी छ : प्रधानन्यायाधीश मिश्र


काठमाडौँ, २३ असोज : प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले सामूहिक प्रयासले मात्रै न्यायपालिकालाई स्वतन्त्र र सक्षम बनाउन सकिने बताउनुभएको छ । सर्वोच्च अदालत निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनले आज दशैँ, तिहार तथा छठलगायत पर्वका अवसरमा आज यहाँ आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले भन्नुभयो, “सबैको सामूहिक प्रयासबाट मात्र न्यायपालिकालाई स्वतन्त्र र सक्षम बनाउन सकिन्छ ।”

प्रधानन्यायाधीश मिश्रले न्यायपालिकाभित्र कर्मचारी र न्यायाधीश एउटै रथका यात्री भएकाले कुनै एक पक्षको अभावमा लक्ष्य हासिल गर्न नसकिने बताउनुभयो ।
आधिकारिक ट्रेड युनियनका अध्यक्ष प्रकाश पराजुलीले सेवाग्राहीको हितलाई ध्यानमा राखेर न्याय सेवा प्रवाह हुनुपर्नेमा जोड दिनुभयो ।

आधिकारिक ट्रेड युनियनका उपाध्यक्ष दलबहादुर बजिमय र सचिव हरि भट्टराईले स्वतन्त्र न्यायपालिकाको रक्षाका लागि कर्मचारीको भूमिका अझै सुदृढ हुने विश्वास व्यक्त गर्नुभयो ।

प्रकाशित मिति : २०७५, २३ आश्विन मंगलबार  ८ : ५७ बजे

महिलातर्फको खुला केन्द्रीय सदस्यमा वासना थापा अगाडि, यस्तो छ मतपरिणाम

काठमाडौं ।  नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खुला महिलातर्फ केन्द्रीय सदस्यको

हिम पर्वत हाइड्रोपावरको आईपीओ कात्तिक ११ देखि, स्थानीय र विदेशमा रहेका नेपालीले आवेदन दिन पाउने

काठमाडौं । हिम पर्वत हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानीय

रोहित पौडेलको शतक चम्किँदा क्यानडामाथि नेपालको शानदार जित

काठमाडौं । रोहित पौडेलको उत्कृष्ट शतकसँगै नेपालले आईसीसी विश्वकप क्रिकेट

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन देशको मुद्रा कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर

एमालेका १३ जना नयाँ केन्द्रीय सदस्यले आज शपथ लिँदै

काठमाडौं । नेकपा एमालेले मनोनीत गरेका १३ जना केन्द्रीय सदस्यलाई