२०८३, १६ आश्विन शनिबार

निर्मला हत्या प्रकरण प्रतिवेदनमा प्रहरी बिष्ट र बम दिदीबहिनिको भूमिका शंकास्पद

निर्मला हत्या प्रकरण प्रतिवेदनमा प्रहरी बिष्ट र बम दिदीबहिनिको भूमिका शंकास्पद


काठमाडौं, असोज २२: निर्मला पन्त बलात्कार र हत्या प्रकरणको प्रतिवेदन आइतबार साँझ सार्वजनिक भएको छ । उक्त प्रकरणको अनुसन्धान गर्न गठित उच्चस्तरीय छानबिन समितिले तयार पारेको उक्त प्रतिवेदनमा कञ्चनपुर प्रहरीका तत्कालीन प्रमुख निलम्बित प्रहरी उपरीक्षक डिल्लीराज बिष्ट र निर्मलाकी साथी भनिएकी रोशन र उनकी दिदी बबिता बमको भूमिका शंकास्पद भएको उल्लेख छ । साथै समितिले विष्ट र म दिदीबहिनीमाथि थप अनुसन्धान गर्नुपर्ने निष्कर्षसहित सुझाव दिएको छ ।

गृह मन्त्रालयका सहसचिव हरिप्रसाद मैनालीको नेतृत्वमा गठित छानविन समितिले बम दिदीबहिनीले दिएको बयान र तथ्य फरक–फरक देखिएको भन्दै उनीहरुको भूमिकालाई शंकास्पद भनेको हो । प्रतिवेदनमा भनिएको छ– ‘मृतक निर्मलाको हत्या घटनासम्बन्धी प्रमाण संकलनमा खटिएका प्रहरीले लापरबाही र हेलचेक्र्याइँ गरेको देखिएको छ ।’

समितिको प्रारम्भिक प्रतिवेदनका अनुसार ३० भदौमा प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेटी र अङ्कुर जिसी, प्रहरी निरीक्षक जगदीश भट्ट र एकेन्द्र खड्का, प्रहरी सहायक निरीक्षक रामसिंह धामीलाई निलम्बन गरिएको थियो । त्यसअघि नै तत्कालीन प्रहरी प्रमुख एसपी डिल्लीराज विष्ट निलम्बनमा परेका थिए ।, यो खबर आजको नेपाल समाचारपत्रमा छ ।

प्रकाशित मिति : २०७५, २२ आश्विन सोमबार  ६ : ५८ बजे

उपल्लो डोल्पाबाट बजारतर्फ लैजाँदै च्याङ्ग्रा फोटो फिचर

उपल्लो डोल्पाका हिमाली बस्तीमा पालिएका च्याङ्ग्राहरू अहिले दशैँ–तिहारको बजारलाई लक्षित

घर बनाउन सरकारले सामग्रीदेखि सहुलियत ऋणसम्म दिने

काठमाडौं । सरकारले पहिलोपटक घर बनाउने नागरिकदेखि विपन्न तथा मध्यम

२ महिनामै १०० को सेयर ८०० कसरी? कामाख्या फिनकर्पलाई कम्पनी रजिस्ट्रारको ७ दिने स्पष्टीकरण

काठमाडौं । कम्पनी दर्ता भएको दुई महिनामै कामाख्या फिनकर्प प्रालिको

यात्रुवाहक बस पल्टिँदा ६ जनाको मृत्यु, १० घाइते

नवलपरासी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को बिनयी त्रिवेणी

‘गुट होइन नीति, पद होइन जिम्मेवारी’ : महामन्त्रीका आकांक्षी महरले अघि सारे कांग्रेस रूपान्तरणका एजेन्डा

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको पूर्वसन्ध्यामा महामन्त्री पदका उम्मेदवार