२०८३, २५ श्रावण मंगलबार

सवारी चालक अनुमतिपत्र कार्यालय प्रदेश नं ३ को मातहतमा

सवारी चालक अनुमतिपत्र कार्यालय प्रदेश नं ३ को मातहतमा


काठमाडौँ, २१ असोज : केन्द्रीय सरकारको मातहतमा रहेको एकान्तकुनास्थित सवारी चालक अनुमतिपत्र कार्यालय प्रदेश नं ३ को मातहतमा आजदेखि आएको छ । चालु आवदेखि नै उक्त कार्यालय प्रदेशअन्तर्गतमा आएको भए पनि व्यवहारमा कार्यान्वयन हुन सकेको थिएन ।

भौतिक पूर्वाधार विकासमन्त्री केशव स्थापितले उक्त कार्यालयको आज उद्घाटन गर्दै सेवाग्राहीको अधिकारलाई प्राथमिकतामा राखेर यातायातसम्बन्धी विधेयक चाँडो प्रादेशिक संसदमा पेश गर्न लागिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “यातायात व्यवस्था कार्यालयमा अब पूरानै ढर्रामा कार्य सम्पादन गर्नु हुँदैन, सेवाग्राहीको सुविधालाई ध्यानमा राखेर गुणात्मक फड्को मार्नुपर्छ ।”

कार्यालय प्रमुख श्यामकुमार सिंहले सवारी चालक अनुमतिपत्र प्रदान गर्ने, नवीकरण गर्ने र प्रतिलिपिको व्यवस्थापनमा सक्रिय रहेको कार्यालयले अहिले दशैँको समयमा यात्रुलाई सहजरुपमा यातायात सुविधा प्रदान गर्न काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा अनुगमन गरिरहेको जानकारी दिनुभयो ।

मोटरसाइकल व्यवस्थापन शाखाका प्रमुख गणेश अर्यालले दक्ष जनशक्तिको अभावमा दैनिक कार्य सम्पादनमा समस्या भइरहेको बताउनुभयो । सोही स्थानमा रहेको यातायात व्यवस्था कार्यालयअन्तर्गत साना÷ठूला सवारीको भवनमा पनि प्रदेश सरकारको नयाँ बोर्ड राखिएको छ । चालक अनुमतिपत्र कार्यालयबाट रु ३२ करोड ७३ लाख तथा यातायात व्यवस्था कार्यालय साना÷ठूला सवारीबाट रु सात अर्ब १४ करोड राजश्व सङ्कलन गरिएको छ ।

प्रकाशित मिति : २०७५, २१ आश्विन आईतबार  ९ : ४३ बजे

बालेनको भारत भ्रमणबारे मोदीको निम्तो खुल्यो, मिति बताउन भारत अझै मौन

काठमाडौं । नेपालका प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणलाई लिएर नयाँ

भदौ १ देखि म्यानपावर ठप्प पार्ने चेतावनी, सरकारसँग आमनेसामने व्यवसायी

काठमाडौं । वैदेशिक रोजगार व्यवसायीहरूले आफ्ना माग सम्बोधन नभए भदौ

नाइमा एक्सपोमा ग्लोबल आइएमईको ‘धमाका’, ५.२५ प्रतिशत ब्याजमै अटो लोन

काठमाडौं । नाइमा नेपाल मोबिलिटी एक्सपो २०२६ सुरु भएसँगै गाडी

इरानको धम्कीपछि ट्रम्पलाई ट्रकमा लुकाएर विमान फेरियो, यस्तो थियो ‘गोप्य अपरेसन’

काठमाडौं । इरानबाट राष्ट्रपतिको विमानमाथि आक्रमण हुन सक्ने विश्वसनीय खतरा

सपनाका गाडी, नयाँ प्रविधिको संसार : नाइमा एक्स्पोमा झुम्मिए दर्शक

काठमाडौं । भृकुटीमण्डप यतिबेला गाडी प्रेमीहरूको सपनाको संसार बनेको छ।