२०८३, १८ आश्विन सोमबार

नेकपा सचिवालय बैठक सोमबार

नेकपा सचिवालय बैठक सोमबार


काठमाडौँ, २१ असोज: नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालयको बैठक सोमबार बिहान बस्ने भएको छ । आज अपराह्नका लागि तय भएको बैठक प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को कार्य व्यस्तताका कारण स्थगित भएपछि सोमबार बिहानका लागि तय भएको हो । अध्यक्ष दाहालका प्रेस सल्लाहकार विष्णु सापकोटाले अध्यक्षद्वयको कार्यव्यस्ताका कारण आजका लागि निर्धारित सचिवालयको बहुप्रतिक्षित बैठक सोमबार बस्ने जानकारी दिनुभयो ।

बैठकमा पार्टीको प्रदेश, जिल्ला र स्थानीय तहको एकता, जनवर्गीय सङ्गठनको एकता, सरकार सञ्चालन लगायतका विषयमा छलफल हुने कार्यक्रम छ । बैठकले एकता प्रक्रियालाई थप सार्थक बनाई सरकार सञ्चालनलाई थप प्रभावकारी बनाउन महत्वपूर्ण निर्णय गर्ने विश्वास लिइएको छ । केही दिन पहिले बसेको सचिवालयको बैठकले प्रदेशका इञ्चार्ज, सहइञ्चार्ज, अध्यक्ष र सचिव तय गरेको थियो । नेकपाका प्रदेश समितिले जिल्ला तहमा पार्टी संयन्त्रलाई सक्रिय बनाउन र एकताको वातावरण बनाउन आवश्यक निर्देशनसमेत दिइसकेको छ ।
-रासस

प्रकाशित मिति : २०७५, २१ आश्विन आईतबार  ९ : ३८ बजे

महाधिवेशनको दोस्रो दिन : सवा ९ बजेबाट बन्दसत्र सुरु

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन आज (सोमबार) दोस्रो दिन पनि

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ७०१ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ७०१ वटा सवारीसाधनका

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

सन्तानको दीर्घायुका लागि आमाको कठोर तपस्या नै जितिया पर्वको विशेषता हो : रामदयाल राकेश

काठमाडौं । देशभर अहिले दशैं, तिहार र छठलगायतका पर्वको मौसम

अनेमसंघ काभ्रेको नेतृत्वमा पवित्रा भुर्तेल, यस्तो बन्यो नयाँ कमिटी

काभ्रे । अखिल नेपाल महिला संघ (अनेमसंघ) काभ्रेपलाञ्चोकको नेतृत्वमा पवित्रा