२०८३, २१ कार्तिक शनिबार

नेपालद्वारा थाइल्याण्ड पराजित

नेपालद्वारा थाइल्याण्ड पराजित


काठमाडौँ, २१ असोज: मलेसियामा जारी आइसिसी टी –ट्वेन्टी विश्वकप छनोटअन्तर्गत समूह ‘बी’ को खेलमा नेपाल थाइल्याण्डलाई पराजित गर्दै विजयी भएको छ । क्वालालम्पुरको वायुमास ओभल मैदानमा आज भएको खेलमा नेपालले थाइल्याण्डमाथि डिएल मेथडका आधारमा १४० रनको फराकिलो अन्तरले पराजित गरेको हो । सो जितसँगै नेपाल समूहको शीर्ष स्थानमा उक्लिएको छ । खेल वर्षाले रोकिएपछि डिएल मेथडबाट नेपाललाई विजयी घोषणा गरिएको थियो ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले थाइल्याण्डलाई १७३ रनको लक्ष्य दिएको थियो । जवाफमा थाइल्याण्ड ८.५ ओभरमा ९ विकेट गुमाएर १८ रनमा समेटियो । थाइल्याण्डका कुनै पनि खेलांडीले दोहोरो रन जोडन सकेनन् । वान्चना विइसक र जिअउल होकले सात सात रन मात्र बनाए । नेपालका सन्दीप लामिछाने एक्लैले ५ विकेट लिए । तीन ओभर बलिङ गरेका उनले एक मेडन राख्दै मात्र ८ रन खर्चिए । त्यसै गरी करण केसीले ३ विकेट लिए । साढे एक ओभर बलिङ गरेका उनले मात्र २ रन दिए ।

त्यसअघि नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १७२ रन बनाएको थियो । नेपालका लागि करण केसीले सर्वाधिक अविजित ४० रनको योगदान दिए । उनले १४ बलमा ४ छक्का र २ चौका प्रहार गरे । त्यस्तै शरद् भेषवाकरले ३४, दीपेन्द्रसिंह ऐरीले ३०, अनिलकुमार शाहले २५, विनोद भण्डारीले १५, आरिफ शेखले ८, उपकप्तान ज्ञानेन्द्र मल्लले ७, कप्तान पारस खड्काले ५ र सोमपाल कामीले ४ रन जोडे । थाइल्याण्डका लागि पायुपुथ सुङनार्डले ४ विकेट लिए ।

प्रकाशित मिति : २०७५, २१ आश्विन आईतबार  ६ : ३६ बजे

चितवनमा उत्पादित सयपत्री र मखमली फूलको माला हङ्कङ निर्यात

चितवन । चितवनमा उत्पादित सयपत्री र मखमली फूल तथा माला

रसुवाका पिडित वालबालिकालाई लायन्स क्लवको शैक्षिक सामाग्री सहयोग

नुवाकोट। रसुवाको बिनासकारी बाढी पहिरोमा परि विद्यालय जान नसकिरहेका वालवालिकालाई

आईजीपी प्रकरणसहित समसामयिक घटनाक्रमबारे छलफल गर्न कांग्रेसले बोलायो शीर्ष नेताहरूको बैठक

काठमाडौं । नेपाली कांग्रेसले पार्टीका पदाधिकारी तथा शीर्ष नेताहरूको बैठक

भारतको चिनी निर्यात प्रतिबन्धको लाभ नेपाली उद्योगलाई, एभरेष्ट सुगरको व्यापार ३ अर्ब नाघ्यो

काठमाडौं । भारतले चिनी निर्यातमा प्रतिबन्ध लगाएपछि नेपाली बजारमा स्वदेशी