२०८३, २२ भाद्र मंगलबार

पशुपति क्षेत्रको शौचालय हटाउन निर्देशन

पशुपति क्षेत्रको शौचालय हटाउन निर्देशन


काठमाडौँ, २१ असोज : प्रतिनिधिसभा महिला तथा सामाजिक समितिका सभापति निरुदेवी पालले पशुपति क्षेत्रको वृद्धाश्रमसँगै रहेको सार्वजनिक शौचालय हटाउन निर्देशन दिनुभएको छ । समितिले आज गरेको अनुगमनमा वृद्धाश्रमसँगै रहेको शौचालयबाट वृद्धवृद्धाका स्वास्थ्यमा प्रतिकूल असर परेको भन्दै सभापति पालले तत्काल उक्त शौचालय स्थानान्तरण गर्न निर्देशन दिनुभएको हो ।

उहाँले पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा प्रदीप ढकाललाई वृद्धाश्रमसँगैको शौचालयका विकल्प खोज्न र वृद्धाश्रमको सरसफाईमा ध्यान दिन निर्देश गर्नुभयो । वृद्धाश्रममा पर्याप्त पानी नभएको गुनासो सुनेपछि कोषलाई सभापति पालले भन्नुभयो, “वृद्धाश्रममा पर्याप्त खानेपानीको व्यवस्था गर्नुहोस्, यो समस्या एक सताभित्र समाधान हुनुपर्छ ।”

उहाँले खानेपानी, शौचालय, जग्गा, भवन निर्माण तथा भूकम्पका कारण क्षतिग्रस्त भएका भवनको पुनः निर्माण गर्नु अहिलेको अपरिहार्य रहेको स्मरण गराउनुभयो । वृद्धमैत्री जग्गा तथा भवन निर्माण गर्नुपर्ने भन्दै सभापति पालले वृद्धाश्रमलाई आवश्यक जग्गा तथा भवन निर्माणका लागि समितिले सम्बन्धित निकायलाई पहल गरी तत्काल समस्या समाधान गराउने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।

उक्त वृद्धाश्रमका लागि काठमाडौँको गोठाटारमा १० रोपनी जग्गाको व्यवस्था भए पनि अपुग भएकाले २० रोपनी जग्गाको आवश्यक पर्ने उहाँको भनाइ छ । कोषका सदस्यसचिव ढकालले आश्रमको प्रवेशद्वारमा रहेको सार्वजनिक शौचालय एक हप्ताभित्रमा सफा गरी बन्द गर्ने र आवश्यक आधुनिक शौचालय निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उक्त क्रममा उक्त वृद्धाश्रमका कार्यालय सचिव मनोजकुमार बस्नेतका अनुसार उक्त आश्रममा १६० जना वृद्धवृद्धा बस्दै आएका छन् । जसमा वृद्ध ६५ र वृद्धा ९५ जना रहनुभएको छ । जसमा ३५ जना अशक्त छन् । आश्रममा भवन नै मुख्य समस्या रहेको सचिव बस्नेतले बताउनुभयो । त्यस्तै उहाँका अनुसार ४० प्रतिशत वृद्धवृद्धाले वृद्धभत्ता पाएको र अन्यले पाएका छैनन् ।

प्रकाशित मिति : २०७५, २१ आश्विन आईतबार  ६ : २२ बजे

प्रवासी नेपाली मञ्च युरोपको नेतृत्वमा शालिक थपलिया, यस्तो बन्यो नयाँ टिम

प्रवासी नेपाली मञ्च युरोपको पहिलो अधिवेशन सम्पन्न, उपाध्यक्षमा विनोद न्यौपाने

नबिल बैंकका शेयरधनीलाई १५.८० प्रतिशत लाभांश, बोनसले बढाउँदैछ पुँजी

काठमाडौं । नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर

भोटेकोशी बाढीका मृतकको सम्मानमा आज राष्ट्रिय शोक, झण्डा आधा झुकाइने

काठमाडौं,। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएकाहरूको