२०८३, २५ आश्विन सोमबार

बजारमा चिनीको अभाव छैन– आपूर्तिमन्त्री

बजारमा चिनीको अभाव छैन– आपूर्तिमन्त्री


काठमाडौँ, २१ असोज: उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले दशैँको मुखमा बजारमा चिनीको अभाव नभएको प्रस्ट गर्नुभएको छ । आज यहाँ आयोजित साक्षात्कारमा मन्त्री यादवले थप्नुभयो, “बजारमा चिनीको अभाव छ भन्ने हल्ला निराधार हो । बजारमा कहीँ कतै चिनीको अभाव छैन ।”

नेपालमा हाल एक लाख ८० हजार मेट्रिक टन चिनी उत्पादन भएको र बजारको आवश्यकता दुई लाख ३० हजार मेट्रिक टन रहेको जानकारी दिँदै ५० हजार मेट्रिक टन बाहिरबाट खरीद गर्नुपर्ने अवस्था रहेको मन्त्री यादवले बताउनुभयो । उहाँले आर्थिक वर्ष २०७४÷७५ मा दुई लाख ३५ हजार मेट्रिक टन चिनी बजारमा रहेको उल्लेख गर्नुभयो ।

मन्त्री यादवले नेपाली उत्पादनको सुरक्षा गर्नुपर्नेमा जोड दिँदै उत्पादन लागत र किसानको मिहिनेतका आधारमा नेपाली चिनी प्रतिकेजी रु ५९ मा बिक्री गर्न सक्ने अवस्था नरहेको बताउनुभयो ।
– रासस

प्रकाशित मिति : २०७५, २१ आश्विन आईतबार  ६ : १६ बजे

चिनियाँ नागरिकबाट बरामद साढे २१ किलो सुन भन्सार कार्यालयमा बुझाइयो

काठमाडौं । बूढानीलकण्ठको माथिल्लो भंगालबाट बरामद २१ किलो ७५०.६८ ग्राम

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबुको अग्रता कायमै

काठमाडौं । नेपाली कांग्रेसको सहमहामन्त्री (खुला) पदमा रामहरि खतिवडा र

प्रहरीलाई प्रधानमन्त्री शाहको निर्देशन : ‘नैतिकता र निष्ठामा सम्झौता नगर्नू’

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले प्रहरी सेवालाई प्रभावकारी, निष्पक्ष र

महामन्त्रीमा पराजित भए पनि पार्टी रूपान्तरणको अभियान नछाड्ने डा. सुनील शर्मा

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा महामन्त्री पदका उम्मेदवार बनेका

महिलातर्फको खुला केन्द्रीय सदस्यमा वासना थापा अगाडि, यस्तो छ मतपरिणाम

काठमाडौं ।  नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खुला महिलातर्फ केन्द्रीय सदस्यको