२०८३, २६ बैशाख आईतबार

लोकतन्त्र बलियो भए मात्र पत्रकारिता बलियो : सभामुख महरा

लोकतन्त्र बलियो भए मात्र पत्रकारिता बलियो : सभामुख महरा


काठमाडौँ, २० असोज: प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले देश र जनतालाई केन्द्रविन्दु बनाएर पत्रकारिता गरे लोकतन्त्र बलियो हुने बताउनुभएको छ । उहाँले भन्नुभयो, “लोकतन्त्र बलियो भए मात्र पत्रकारिता अझ बलियो हुन्छ । अब पत्रकारिताको ध्येय देश र जनताको समृद्धिमा केन्द्रित हुनुपर्छ ।”

संसदीय मामिला पत्रकारितासम्बन्धी सङ्घस्तरीय अन्तरक्रियालाई आज ललितपुरमा सम्बोधन गर्दै सभामुख महराले संसद् सबै भावना र विचारलाई मुखरित हुने सर्वेच्च स्थान हो, संसद्लाई बलियो बनाउन आफ्नो प्रयत्न जारी रहेको बताउनुभयो । “संसद सरकारको छायाँमा पर्दैन । सरकारको विरोध गर्ने स्थान संसद् होइन । संसदीय समितिले सरकारका कामको अनुगमन गर्ने मात्र गर्दछन्”, सभामुख महराले भन्नुभयो ।

प्रतिनिधिसभाका सचिव डा भरत गौतम र प्रवक्ता डा रोजनाथ पाण्डेले संसद् सचिवालयका गतिविधिमाथि जानकारी दिनुभएको थियो । संसदीय मामिला पत्रकार समाज नेपालद्वारा आयोजित सो कार्यक्रम आईतबारसम्म जारी रहनेछ ।

प्रकाशित मिति : २०७५, २० आश्विन शनिबार  ७ : १८ बजे

बिहे भोजपछि ९३ जना बिरामी, ५० जनाको अस्पतालमा उपचार जारी

काठमाडौं । एक स्थानीय बिहे भोजपछि ठूलो संख्यामा पाहुनाहरू बिरामी परेका

ट्राफिकको ‘कडा स्ट्राइक’, ३१ चालकको लाइसेन्स खोसिने तयारी

काठमाडौं । ट्राफिक नियम उल्लंघन गर्ने ३१ जना सवारी चालकको सवारी

बर्दिबासमा सुकुम्बासी र अव्यवस्थित बसोबासीको आन्दोलन चर्कियो

काठमाडौं । सरकारी, ऐलानी लगायतका जग्गाबाट बस्ती हटाउने सरकारी निर्णयको विरोधमा

आजको मौसमः केही स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान

राष्ट्रिय स्वतन्त्र पार्टी को सचिवालय बैठक आज, ६ एजेन्डामा छलफल हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज साँझ ६ बजे