२०८३, २ श्रावण आईतबार

सरकार श्रमजीवी पत्रकारको पक्षमा रहेको छ : सञ्चार मन्त्री बाँस्कोटा

सरकार श्रमजीवी पत्रकारको पक्षमा रहेको छ : सञ्चार मन्त्री बाँस्कोटा


काभ्रे, २० असोज: सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकार श्रमजीवी पत्रकारका पक्षमा रहेको बताउनुभएको छ । सुनकोशी पाँचखाल खानेपानी योजनाको उपभोक्ता भेलालाई आज काभे्रपलाञ्चोकको पाँचखालमा सम्बोधन गर्दै उहाँले भन्नुभयो, “सरकार श्रमजीवी पत्रकारका पक्षमा छ, त्यसैले पत्रकारको न्यूनतम पारिश्रमिक बढाउन चाहन्छ ।”

मन्त्री बाँस्कोटाले श्रमजीवी पत्रकारको पारिश्रमिक मासिक रु ४० हजार पु¥याउने योजनामा सरकार रहेको उल्लेख गर्दै “कर्पोरेट मिडिया हाउस त्यसरी जान चाहदैनन्, तर सरकार अब त्यसलाई लागू गर्ने पक्षमा उभिन्छ”, भन्नुभयो । “नेपाल पत्रकार महासङ्घले नै पारिश्रमिक बढाउन चाहेको छैन्” उहाँले भन्नुभयो, “महासङ्घ नै श्रमजीवीको पक्षमा उभिएको देखिएको छैन तर सरकार पारिश्रमिक बढाउने पक्षमै छ ।”

काभ्रेपलाञ्चोकको मण्डन देउपुर नगरपालिका–४ स्थित चैनपुरमा शनिबार खानेपानीको धारा खोलेर खानेपानी योजना उदघाटन गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटा । नगरपालिकाको १७बmउस लाख तथा जन७नतसमदानबाट उक्त खानेपानी योजना निर्माण भएको हो । तस्वीर ः राजकुमार पराजुली, काभ्रे, रासस

मन्त्री बाँस्कोटाले पत्रकारको सुरक्षा र आर्थिक समृद्धिका निम्ति मेरो अभियान जारी नै रहन्छ भन्दै अधिकारको लडाईं सकिएकाले अब निर्माणको समय आएको बताउनुभयो । “कसैले आएर निर्माण गर्दिदैनन् तपाई हामी मिलेरै गाउँ, नगर र राष्ट्र बनाउने हो”, उहाँले भन्नुभयो, “कुनै पनि योजनाको जोखिम र फाइदाबारे सोचेर समयमै सक्नुपर्छ, समयमै नसक्दा समय र लागत दुबै बढ्छ ।”

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटा काभे्रपलाञ्चोकको मण्डन देउपुर नगरपालिका–४ चैनपुरस्थित घरमा आफनो बाबु ९२ बर्षिय बाबु हरिप्रसाद बाँस्कोटासँग । तस्वीर ः राजकुमार पराजुली, काभ्रे, रासस

मन्त्री बाँस्कोटाले पर्यावरणीय तथा मानवीय चापलाई मध्यनजर गरी स्थानीय तहले पानीको स्रोतको खोजी गरेर त्यसको सुरक्षा गर्नुपर्नेमा जोड दिदैं पानीको खोजी र सुरक्षा गर्ने दायित्व सरकारको मात्रै नभई सम्बन्धीत सबै पक्षको हो भन्नुभयो ।

रिजनसँग भेट
यसैगरी विद्यालय भर्ना अभियानअन्तर्गत आफूले गत वैशाखदेखि अभिभाकत्व ग्रहण गर्नुभएका पाँचखाल नगरपालिका–१२ का रिजन दनुवारसँग मन्त्री बाँस्कोटाले आज उनकै घरमा भेटघाट गर्नुभएको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटा आफुले अभिभाकत्व ग्रहण गरेका काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–१२ का रिजन दनुवारसँग शनिबार कुराकानी गर्दै । उहाँले स्थानीय आजाद माध्यमिक विद्यालयमा कक्षा १ मा पढदै गरेका पाँच बर्षका रिजनलाई कक्षा १२ सम्म अध्यापन गराइदिने जिम्मेवारी लिनुभएको छ । तस्वीर ः राजकुमार पराजुली, काभ्रेपलाञ्चोकको , रासस

भेटमा उहाँले शैक्षिक एवं स्वास्थ्यको वर्तमान अवस्थाका बारेमा रिजनसँग कुराकानी गर्नुभयो । मन्त्री बाँस्कोटाको प्रश्नको जवाफमा रिजनले लजाउँदै भने “सधैँ पढ्न स्कुल जान्छु ।” पाँच वर्षका रिजन स्थानीय आजाद माध्यमिक विद्यालयमा कक्षा १ मा पढ्दैछन् ।

गत वैशाखमा भर्ना गरी उनलाई वर्षभरिका लागि आवश्यकपर्ने शैक्षिक सामग्री, पोशाक एवं खाजाको व्यवस्थापन गर्नुभएका मन्त्री बाँस्कोटाले भन्नुभयो, “कक्षा १२ सम्म रिजनको पढाइको जिम्मा मेरो भइसक्यो ।”
-रासस

प्रकाशित मिति : २०७५, २० आश्विन शनिबार  ७ : ०९ बजे

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

केहीबेरको वर्षामै काठमाडौं जलमग्न, माइतीघर डुबानमा परेपछि सवारी आवागमन प्रभावित

काठमाडौं । बिहीबार दिउँसो परेको अविरल वर्षाले काठमाडौं उपत्यकाका विभिन्न

‘मार्वल’को ट्रेडमार्क दुरुपयोग गरेको आरोप, जानकी प्लास्टिक उद्योगका सञ्चालक पक्राउ

जनकपुरधाम । प्रसिद्ध ‘मार्वल’ ब्रान्डको ट्रेडमार्क दुरुपयोग गरी नक्कली पाइप

अब राइड सेयरिङ चालकले अनिवार्य प्यान लिनुपर्ने, राजस्व विभागको नयाँ निर्देशन

काठमाडौं । आन्तरिक राजस्व विभागले राइड सेयरिङ सेवामा आबद्ध चालकहरूलाई

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी, विभिन्न नियुक्ति र समसामयिक विषयमा निर्णय हुने सम्भावना

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहको अध्यक्षतामा मन्त्रिपरिषद्को बैठक सिंहदरबारस्थित