२०८३, ३० असार बुधबार

बजार पूँजीकरणका आधारमा टेलिकम अग्रस्थानमा

बजार पूँजीकरणका आधारमा टेलिकम अग्रस्थानमा


काठमाडौँ, २० असोज : नेपाल स्टक एक्सचेञ्जले धितोपत्र कारोवार गर्ने आधारमा दश उत्कृष्ट कम्पनी छनोट गरेको छ । बजार मूल्यका आधारमा नेपाल दूरसञ्चार कम्पनी पहिलो नम्बरमा छ । सो कम्पनीको बजार पूँजीकरण मूल्य रु एक खर्ब १४ अर्ब ३० करोड बराबरको रहेको छ । सरकारी स्वामित्वको नेपाल टेलिकम बजार पूँजीकरणका आधारमा अग्रस्थानमा रहन पुगेको स्टकले जनाएको छ ।

यस्तै दोस्रोमा नविल बैंक लिमिटेड रहेको छ । सो बैंकको रु ७५ अर्ब ८८ करोड बराबरको बजार पूँजीकरण मूल्य रहेको छ । तेस्रोमा नेपाल इन्भेस्टमेन्ट बैंक रहेको छ । सो बैंकको रु ६८ अर्ब बराबरको बजार पूँजीकरण मूल्य रहेको छ । चौथोमा स्ट्यान्डर्ड चार्टड बैंक रहेको छ । त्यसको रु ५५ अर्ब २७ करोड, पाँचौँमा रहेको एभरेष्ट बैंकको रु ५० अर्ब ६४ करोड ९५ लाख बराबरको बजार पूँजीकरण रहेको छ ।

यस्तै हिमालयन बैंकको रु ४३ अर्ब ८१ करोड, नेपाल लाइफ इन्स्योरेन्सको रु ४१ अर्ब, नेपाल एसबीआई बैंकको रु ३९ अर्ब ५९ करोड, एनआइसी एसिया बैंकको रु ३४ अर्ब १३ करोड र एनएमबी बैंकको रु ३० अर्ब ६० करोड बराबरको बजार पूँजीकरण रहेको छ । स्टकले यही असोज १२ गतेदेखि असोज १८ गतेसम्मको शेयर मूल्यका आधारमा उत्कृष्ट दश कम्पनी छनोट गरेको हो । शेयर बजारमा गिरावट आए पनि केही कम्पनीको शेयर मूल्य भने तुलनात्मकरुपमा घटेको छैन ।

यस्तै पछिल्लो एक साताको शेयर कारोवारका आधारमा नेपाल बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । सो बैंकको चार लाख ६१ हजार कित्ता शेयर खरिद बिक्री भएका छन् । यस्तै प्रभु बैंक लिमिटेड, माछापुछे«्र बैंक, ग्लोबल आइएमइ बैंक, एनएमबी बैंक, मेघा बैंक, कुमारी बैंक, जनता बैंक, सिभिल बैंक र एनआइसी एशिया बैंकको शेयर कारोवारमा समेत उत्कृष्ट दश कम्पनीमा पर्न सफल भएका छन् । स्टकका अनुसार प्रभु बैंकको ९७८ कित्ता एनएमबी बैंकको ९२७, मेघा बैंकको ८९५ कित्ता, कुमारी बैंकको ७८४, एनआइसी एशिया बैंकको ७७१ कित्ता, नेपाल इन्भेस्टमेन्ट बैंक ७५१ कित्ता, नेपाल लाइफ इन्स्योरेन्सेको ६५५ कित्ता, जनता बैंक लिमिटेडको ६५१ कित्ता, सिभिल बैंकको ६०७ कित्ता र स्ट्यान्डर्ड चार्टड बैंकको ५८२ कित्ता शेयर कारोवार भएको छ ।

प्रकाशित मिति : २०७५, २० आश्विन शनिबार  ५ : ३५ बजे

नेपाल वायुसेवा निगममा नयाँ कार्यकारी नेतृत्व, महेश्वरभक्त श्रेष्ठलाई दोहोरो जिम्मेवारी

काठमाडौं । नेपाल वायुसेवा निगम (नेवानी) ले नयाँ कार्यकारी नेतृत्व

गणेश प्रकरणपछि सडकमा फर्कियो महानगर प्रहरी, ‘सेवा रोकिँदैन’ भन्दै एसएसपी जोशीको सन्देश

काठमाडौं । गणेश नेपालीको मृत्यु प्रकरणपछि केही दिन सडकबाट लगभग

सरकारी विज्ञापनमा एकाधिकार असंवैधानिक, सर्वोच्चले सरकारको निर्णय बदर गर्‍यो

काठमाडौं । सर्वोच्च अदालतले सरकारी विज्ञापन सरकारी स्वामित्वका सञ्चारमाध्यममा मात्रै

सरकारको कर्मचारी कटौती नीति विरुद्ध विद्रोह, अर्थ मन्त्रालय घेराउ

काठमाडौं । अस्थायी र करारका कर्मचारी हटाउने सरकारको तयारीविरुद्ध आन्दोलन

प्रतिनिधिसभाबाट दुई विधेयक समितिमा, दफावार छलफल अघि बढ्ने

काठमाडौ । प्रतिनिधिसभाले दुई महत्वपूर्ण विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित