२०८३, १४ श्रावण शुक्रबार

घरमै बसेर डण्डीफोर हटाउने यी हुन् साधारण उपाय

घरमै बसेर डण्डीफोर हटाउने यी हुन् साधारण उपाय


युवा युवतीहरूमा डण्डीफोर अर्थात पिम्पलको समस्या देखिने गरेको हुन्छ । प्रायजसो नाक, चिउँडो, निधार र गालामा पिम्पलको समस्या हुने गर्छन् । पिम्पललाई हटाउनको लागि मानिसहरू विभिन्न किसिमका रसायनयुक्त सौन्दर्य प्रशाधनको प्रयोग गर्ने गर्छन् । यस्ता सामग्रीको प्रयोगले छालामा नराम्रो असर पनि पुग्न सक्ने हुन्छ । त्यसैले यस समस्याको लागि तपाईले प्राकृतिक विधिको प्रयोग गर्नु नै राम्रो हुन्छ ।

सुन्दर मुहारलाई कुरुप बनाउने डन्डिफोरलाई सामान्य घरेलु उपायले पनि हटाउन सकिन्छ । डन्डीफोरबाट छुटकारा दिलाउने केही घरेलु उपाय यस्ता छन् ।महले अनुहारमा भएका डन्डीफोरलाई हटाउने काम गर्छ । यसबारेमा धेरै कमलाई मात्र जानकारी छ । डन्डीफोर भएको भागमा मह दलेर केही बेर राख्ने र १५ मिनेटपछि चिसो पानीले धुने । अझ तपाईलाई छाला चम्किलो बनाउन मन छ भने चिसो दूधले पनि अनुहार धुन सक्नुहुन्छ । यो उपायले डन्डीफोरको समस्याबाट छुटकारा दिलाउनुका साथै छालालाई चम्किलो समेत बनाइदिन्छ ।

डन्डीफोरको समस्याबाट राहत दिलाउन ल्वाङ निकै गुणकारी मानिन्छ । यस्का लागि तपाईले एक कप पानीमा ल्वाङ उमाल्नु पर्ने हुन्छ । पानी चिसो भएपछि त्यसमा भएका ल्वाङलाई मुछ्ने र मुछिएको लेदोलाई डन्डीफोर भएको ठाउँमा दल्ने । यसका पाउडर वा पेस्ट बनाएर अथवा यसको तेललाई डन्डीफोर भएको ठाउँमा लगाए फायदा हुन्छ । आधी घण्टासम्म राख्ने र चिसो पानीले अनुहार धुने ।

केराको प्याकले छालालाई कोमल बनाउनका साथै छालाको भित्री भागमा पोषण पनि दिन्छ । केराको साथसाथै त्यसको बोक्रा पनि त्यति नै लाभकारी छ । यसले डन्डीफोरको समस्या हटाउन मद्दत गर्छ । केरालाई मुछेर यत्तिकै वा महसँग मिसाएर लगाउँदा अनुहारका छिद्र खुल्छन् । जसले गर्दा अनुहारलाई भरपुर अक्सिजन मिल्छ । दहीसँग केरा मिसाएर लगाउनाले पनि फायदा हुन्छ । पानीले धोएपछि अनुहारमा आइस दल्ने र मसाज गर्ने ।

डन्डीफोरका लागि कागतीको रस एकदमै प्रभावकारी हो । यसले डन्डीफोरको समस्या हटाउनका साथै छालालाई चम्किलो पनि बनाउँछ । कागतीको रस सिधै अनुहारमा लगाउँदा यसले पोल्छ । यसलाई पानी वा महसँग मिसाएर लगाउनुपर्छ ।चन्दन पाउडरबाट पनि डन्डीफोर हटाउन सकिन्छ । बेसनमा अलिकति दही, चन्दन पाउडर र कागतीको रस मिसाउने । डन्डीफोर भएको भागमा यो पेस्ट दल्ने । कागती केही थोपामात्रै राख्ने । धेरै राख्न यसले पोल्न सक्छ । यो हुँदा दहीको मात्रा बढी राख्न सकिन्छ । सुखेपछि चिसो पानीले अनुहार धुने ।

बाफ लिएर अनुहारमा आउने डन्डीफोरको समस्याबाट टाढा रहन सकिन्छ । फेसियलपछि बाफ लिनाले अनुहारको छालाले भित्री पोषण पाउँछ । यसले मृत छालाको समस्यालाई पनि हटाउँछ । अनुहारका छिद्र खोल्नका लागि बाफ लिन जरुरी छ । बाफ लिएपछि छालालाई कटनले सफा गरी पुछ्ने । सीधै हातले पुछदा डन्डीफोरको समस्या झन् बढ्न सक्छ । गोलभेँडामा पाइने तत्व छालाका लागि लाभकारी हुन्छन् । गोलभेँडामा पनि कागतीजस्तै धेरै फाइदाजनक तत्व पाइन्छन् जसले डन्डीफोर हटाउन मद्दत गर्छन् र छालालाई चम्किलो बनाउँछन् । गोलभेँडाको रस अनुहारको छालाभित्रैसम्म पुग्ने गरी लगाउनुपर्छ । आधा घण्टा अनुहारमा राखेर चिसो पानीले पखाल्ने ।

प्रकाशित मिति : २०७५, २० आश्विन शनिबार  ४ : ३९ बजे

चाँगुनारायणमा अब घरदैलोमा आँखा उपचार,मोतियाबिन्दु शल्यक्रिया पनि निःशुल्क हुने

नबराज काफ्ले भक्तपुर, १५ श्रावण  : चाँगुनारायण नगरपालिका–२ दुवाकोट स्वास्थ्य

ब्रड पिक दुर्घटना : ६ नेपाली पर्वतारोही अझै सम्पर्कविहीन, उद्धारमा तीव्र समन्वय

काठमाडौं। पाकिस्तानको ब्रड पिक क्षेत्रमा आएको हिमपहिरोपछि सम्पर्कविहीन भएका नेपाली

गणेश यादवका परिवारलाई भेट्न आज सिरहा पुग्दै गृहमन्त्री गुरुङ, सुरक्षा अवस्थाबारे पनि लिने ब्रिफिङ

काठमाडौं। मधेश प्रदेशमा पछिल्ला दिनमा देखिएको तनावपूर्ण अवस्थाबीच गृहमन्त्री सुधन

आज राष्ट्रियसभा बैठक बस्दै, गृहमन्त्री गुरुङ र शिक्षामन्त्री पोखरेलले सांसदका प्रश्नको जवाफ दिने

काठमाडौं। संघीय संसदअन्तर्गत राष्ट्रियसभाको बैठक आज दिउँसो १ः१५ बजे बस्ने

सुनसरी घटनापछि सरकार-पीडित परिवारबीच सातबुँदे सहमति, मृतकलाई सहिद घोषणा गर्ने तयारी

काठमाडौं। सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा साउन १० गते भएको घटनामा