२०८३, १८ भाद्र शुक्रबार

भारतलाई पराजित गर्दै नेपाल फाइलनमा

भारतलाई पराजित गर्दै नेपाल फाइलनमा


काठमाडौँ, १८ असोज : नेपाल भूटानमा जारी साफ यू–१८ महिला च्याम्पियनसिप फुटबलको फाइनल प्रवेश गरेको छ । आज भएको पहिलो सेमिफाइनलमा भारतलाई पेनाल्टी सुटआउटमा ३–१ ले पराजित गर्दै नेपाल फाइनल पुगेको हो । थिम्पुस्थित चाङलिमिथाङ मैदानमा निर्धारित ९० मिनेट र थपिएको अतिरिक्त समय एक÷एक गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगको थियो ।

पेनाल्टीमा नेपालकी गोलकिपर अन्जना रानामगरको उत्कृष्ट प्रदर्शनले नेपाल फाइनल पुग्न सफल भयो । रानामगरले भारतको दुई पेनाल्टी रोकिन् भने एक गोल गर्न सफल भइन् । नेपालका रेखा पौडेल र मनिषा राउतले पेनाल्टीमा गोल गरिन् । पूजा रानाको प्रहार गोलमा परिणत हुन सकेन । भारतका टुडु जाबमानीले एक गोल गरिन् । यसअघि रश्मीकुमारी घिसिङको गोलबाट १६ औँ मिनेटमा अग्रता लिएको नेपालले ६३ औँ मिनेटमा गोल खाएको थियो । भारतकी समीक्षाले ६३ औँ मिनेटमा गर्दै खेल बराबरीमा ल्याइन् । नेपालले फाइनलमा बङ्गलादेश र भुटानबीचको विजेतासँग खेल्नेछ । आजै हुने दोस्रो सेमिफाइनलमा आयोजक भूटान र बङ्गलादेश प्रतिस्पर्धा गर्दैछन् ।

नेपाली टोलीमा गोलकिपर अञ्जना रानामगर, उषा नाथ, कविता राई, डिफेन्डरमा निशा थोकर, सुष्मा महर्जन, रोजिना श्रेष्ठ, समीक्षा घिमिरे, विमला विक, कोपिला धिमाल, पुनम फर्सवान, पूजा राना मगर, मिडफिल्डरमा शरु लिम्बू, मञ्जलीकुमारी योञ्जन, शुभद्रा खड्का, अस्मिता वैद्य, मनिषा राउत, सुहानी कुसुवार, सिर्जनासिंह ठकुरी, सम्झना लावती र स्ट्राइकरमा रश्मीकुमारी घिसिङ, रेखा पौडेल, एलिसा जाम्बा र सम्झाना शर्मा छन् । हरिओम श्रेष्ठको मुख्य प्रशिक्षणमा रहेको नेपाली टोलीका सहायक प्रशिक्षक प्रकास वैद्य र गोलकिपर प्रशिक्षक अस्मिता खवास रहेका छन् ।

प्रकाशित मिति : २०७५, १९ आश्विन शुक्रबार  ७ : ४१ बजे

किन मनाइन्छ श्रीकृष्ण जन्माष्टमी ? यस्तो छ धार्मिक महत्व

काठमाडौं । भगवान् श्रीकृष्णको जन्मोत्सवका रूपमा मनाइने कृष्ण जन्माष्टमी हिन्दू

ताप्लेजुङ गोल्डकपको उपाधिको लागी अजा सलहेस र फिदिमबिच प्रतिसप्रर्धा 

ताप्लेजुङ । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको फाइनल

बाढी प्रभावितको उद्धारमा सरकार गम्भीर रुपमा चुकेको छ : सुवास चन्द्र बराल

काठमाडौं । नेपाल इन्जिनियर्स एशोसिएसनका अध्यक्ष इन्जिनियर सुवासचन्द्र बरालले भोटेकोशी

श्रीकृष्ण जन्माष्टमी : पाटनको कृष्ण मन्दिरमा भक्तजनको घुइँचो

ललितपुर । भगवान् श्रीकृष्णको जन्मदिवसका रूपमा मनाइने श्रीकृष्ण जन्माष्टमीका अवसरमा देशभरका कृष्ण

नुवाकोटका बाढीपीडितको पुनस्र्थापनाबारे मन्त्री रावलद्वारा जनप्रतिनिधिसँग छलफल

नुवाकोट । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन