२०८३, ३ आश्विन आईतबार

‘जनताको घरदैलोमा पुग्नुपर्छ’: मुख्यमन्त्री पौडेल

‘जनताको घरदैलोमा पुग्नुपर्छ’: मुख्यमन्त्री पौडेल


 

हेटौँडा, १८ असोज: मुख्यमन्त्री डोरमणि पौडेलले स्थानीय निकाय जनप्रतिनिधिले दिगो विकासको लक्ष्य लिएर जनताको घरदैलोमा पुग्नुपर्ने बताउनुभयो । जिल्ला समन्वय परिषद् मकवानपुरको तेस्रो जिल्लासभा तथा वार्षिक समीक्षा बैठकमा आज उहाँले जनप्रतिनिधिले स्थानीय निकायको ऐन कानूनको मर्यादा र अधीनमा रही कार्यसम्पादन गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रदेश सरकारको ऐन कानूनद्वारा प्रत्योजित अधिकार क्षेत्रलाई स्थानीय तहका केही पदाधिकारीले अवज्ञा गर्ने भनी लहर चलाइएको आरोप लगाउँदै मुख्यमन्त्री पौडेलले जनताप्रति जिम्मेवार हुनुपर्ने प्रतिनिधि अवान्छित क्रियाकलापमा सहभागी भए प्रदेश सरकारबाट जाने अनुदान रकम स्थगित गर्ने चेतावनी दिनुभयो ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका मुख्य सचिव आनन्दराज ढकालले स्थानीय निकायका पदाधिकारीले जनताको हितको निमित्त निःस्वार्थ भई काम गर्नुपर्छ भन्दै गुणस्तरीय सामान प्रयोग गरेर विकास निर्माण कार्य गर्नुपर्ने बताउनुभयो । सो अवसरमा मुख्यमन्त्री पौडेलले जनआन्दोलन विसं २०३६ देखि ०६२÷०६३ सम्मका योद्धा क्रमशः रामचन्द्र अर्याल माइकल, सीता विडारी, विष्णु ढुङ्गाना, रामबहादुर भुजेल, जयबहादुर न्यासुर र गोविन्द तिवारीलाई दोसल्ला ओढाएर सम्मान गर्नुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, १८ आश्विन बिहीबार  ९ : ०७ बजे

सलमान खानले बिग बोसको स्टेजमै किन टोपी र ज्याकेट खोले ? 

काठमाडौं । बलिउड अभिनेता सलमान खानले आफ्नो तौल र रूपरङलाई

एमाले कार्यदल बैठक लम्बियो, सचिवालय बैठक ३ बजे सर्‍यो

काठमाडौं । नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको

संविधान दिवसमा २०० विद्यार्थीलाई कपडा वितरण

काठमाडौं । १२औँ संविधान दिवस तथा राष्ट्रिय दिवस–२०८३ को अवसरमा

भारतको सहयोगमा ‘ब्रेक’ : नेपालले विस्तृत पुनर्निर्माण प्रस्ताव नदिएसम्म रकम घोषणा नहुने

काठमाडौं । भोटेकोशी बाढीपछि पुनर्निर्माणका लागि भारतसँग सहयोग माग्न पुगेका