२०८३, ३ आश्विन आईतबार

नीति निर्माण गर्ने निकाय इमान्दार हुनुपर्छ : मुख्यमन्त्री पौडेल

नीति निर्माण गर्ने निकाय इमान्दार हुनुपर्छ : मुख्यमन्त्री पौडेल


हेटौँडा, १८ असोज: प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले नीति निर्माण गर्ने निकायका पदाधिकारी इमान्दार हुनुपर्ने बताउनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयद्वारा आज यहाँ आयोजित ‘भ्रष्टाचार नियन्त्रण गर्ने प्रयासमा सञ्चारकर्मीको भूमिका’ विषय अन्तक्र्रियामा उहाँले नीति निर्माताको नकारात्मक भावना परिवर्तन नभएसम्म भ्रष्टाचार कम नर्ग नसकिने बताउनुभयो ।

प्रदेश नं ३ का १३ जिल्लामा भ्रष्टाचार नियन्त्रण गर्ने संयन्त्रका लागि मुख्य मन्त्रिपरिषद्को कार्यालयले थप गृहकार्य गरिरहेको जानकारी दिँदै मुख्यमन्त्री पौडेलले स्थानीय तहमा विकासको पूर्वाधार निर्माणका क्रममा स्थानीय जनप्रतिनिधि र प्राविधिकले आपसी मिलेमतोमा ठेक्कापट्टा लिने दिने कार्यलाई निषेध गरी दिगो विकासको निर्माणका लागि बजेट दुरुपयोग नहुने गरी सञ्चालन गर्न आग्रह गर्नुभयो ।

सो अवसरमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका मुख्य सचिव आनन्दराज ढकालले समाजमा जनचेतना जागृत गरी भ्रष्टाचारजन्य अपराध कम गर्न गाउँका सामाजिक सङ्घसंस्थालाई क्रियाशील बनाउनुपर्ने बताउनुभयो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव इन्दिरा शर्मा र अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रदेश नं ३ का प्रमुख हुमकला पाण्डेले भ्रष्टाचार कम गर्न राजनीतिक नेतृत्व नै स्वार्थभन्दा माथि उठेर राजनीतिक क्षेत्रले भ्रष्टाचारबाट मुक्त तुल्याउनुपर्नेमा जोड दिनुभयो ।

प्रकाशित मिति : २०७५, १८ आश्विन बिहीबार  ८ : ५५ बजे

सलमान खानले बिग बोसको स्टेजमै किन टोपी र ज्याकेट खोले ? 

काठमाडौं । बलिउड अभिनेता सलमान खानले आफ्नो तौल र रूपरङलाई

एमाले कार्यदल बैठक लम्बियो, सचिवालय बैठक ३ बजे सर्‍यो

काठमाडौं । नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको

संविधान दिवसमा २०० विद्यार्थीलाई कपडा वितरण

काठमाडौं । १२औँ संविधान दिवस तथा राष्ट्रिय दिवस–२०८३ को अवसरमा

भारतको सहयोगमा ‘ब्रेक’ : नेपालले विस्तृत पुनर्निर्माण प्रस्ताव नदिएसम्म रकम घोषणा नहुने

काठमाडौं । भोटेकोशी बाढीपछि पुनर्निर्माणका लागि भारतसँग सहयोग माग्न पुगेका