२०८३, २६ बैशाख आईतबार

भक्तपुर तनावग्रस्त, स्थितीलाई नियन्त्रणमा लिन प्रहरीद्धारा अश्रुग्यास प्रहार

भक्तपुर तनावग्रस्त, स्थितीलाई नियन्त्रणमा लिन प्रहरीद्धारा अश्रुग्यास प्रहार


भक्तपुर, १७ असोज । दिउसोमा संचालन गर्न रोक लगाइएको टिपरलाई छुट दिएकै दिन काठमाडौंमा भयानक दुर्घटना भएको छ । निर्माण सामग्रीको ढुवानीमा असर परेको भन्दै टिपरलाई साँझ ७ बजे नै काठमाडौं प्रवेश गर्न दिइएको थियो । बुधवारवाटै दिइएको छुटको दुरुपयोग भएको छ । निर्णय भएकै दिन टिपरले मोटरसाइकललाई ठक्कर दिँदा दुई जना गम्भीर घाइते भएका छन् ।

टिपरका कारण दिनहुं दुर्घटनामा मृत्यु हुनेको संख्या बढ्न थालेपछि राति ८ वजेसम्म टिपलाई काठमाडौं प्रवेशमा रोक लगाइएको थियो । साउन १ देखि उपत्यकामा बिहान ५ बजेदेखि बेलुकी ८ बजेसम्म टिपर चलाउन रोक लगाइएको थियो । भक्तपुरले सांझ साँगा चोकमै टिपर रोक्ने गरेको थियो । तर, बुधबार काठमाडौंमा प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समन्वय समितिको वैठकले निर्माणको कार्यमा असर गरेको ठहर गर्दै टिपर संचालन समय बढाएको थियो ।

विहान ७ देखि बेलुकी ७ बजेसम्म मात्र टिपरलाई रोक्ने निर्णय भएको केही घण्टा नबित्दै भयानक दुर्घटना भएको हो । भक्तपुर जिल्ला प्रशासनले पनि चार दिन अघि टिपरलाई साँगा चोकको साटो सल्लाघारीमा रोक्ने निर्णय गरेको छ । काठमाडौं र भक्तपुर प्रशासनले टिपर सञ्चालनको व्यवस्था परिवर्तन गरेलगत्तै दुर्घटना भएको छ । बुधबार साँझ बा ४ ख ३६५० नम्बरको टिपरले सूर्यविनायकमा बा ८८ प ८५२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । उनीहरुको परिचय भने खुलेको छैन । घटनापछि आक्रोशित भीडले टिपरमाथि आगजनी गरेको छ भने स्थितिलाई नियन्त्रणमा लिन प्रहरी अश्रुग्यास प्रहार गरेको छ । अहिले पनि तनाव कायमै छ

प्रकाशित मिति : २०७५, १७ आश्विन बुधबार  ९ : २३ बजे

बिहे भोजपछि ९३ जना बिरामी, ५० जनाको अस्पतालमा उपचार जारी

काठमाडौं । एक स्थानीय बिहे भोजपछि ठूलो संख्यामा पाहुनाहरू बिरामी परेका

ट्राफिकको ‘कडा स्ट्राइक’, ३१ चालकको लाइसेन्स खोसिने तयारी

काठमाडौं । ट्राफिक नियम उल्लंघन गर्ने ३१ जना सवारी चालकको सवारी

बर्दिबासमा सुकुम्बासी र अव्यवस्थित बसोबासीको आन्दोलन चर्कियो

काठमाडौं । सरकारी, ऐलानी लगायतका जग्गाबाट बस्ती हटाउने सरकारी निर्णयको विरोधमा

आजको मौसमः केही स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान

राष्ट्रिय स्वतन्त्र पार्टी को सचिवालय बैठक आज, ६ एजेन्डामा छलफल हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज साँझ ६ बजे