२०८३, १८ भाद्र शुक्रबार

यु–१९ एसिया कपमा नेपालले युएईलाई हरायो

यु–१९ एसिया कपमा नेपालले युएईलाई हरायो


काठमाडौं, असोज १६ । बंगलादेशमा जारी यु–१९ एसिया कप क्रिकेटमा नेपालले सान्त्वना जित हासिल गरेको छ । नेपालले समूहको अन्तिम खेलमा मंगलबार युएईलाई ३ विकेटले हराएको हो । २६९ रनको चुनौती नेपालले ४९ ओभर १ बल खेल्दै ७ विकेटको क्षतिमा पूरा गरेको हो ।

रोहितकुमार पौडेलले ९२ तथा सुन्दीप जोराले ६७ रन जोडेको नेपाली इनिङ्समा कप्तान आरिफ शेखले ३५ तथा रसिद खानले १४ बलमा अविजित रहँदै ३ छक्काको मद्दतले २७ रन बनाए । रोहित खेलको ‘म्यान अफ दी म्याच’ घोषित भए । यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित् ५० ओभरमा ८ विकेटको क्षतिमा २६८ रन बनाएको थियो ।

कप्तान फहाद नवाजले ८३ रन बनाएको इनिङ्समा रसिद खान, पवन सर्राफ र नन्दन यादवले समान २/२ विकेट लिए । यसअघि, भारतसँग १७१ रन तथा अफगानिस्तानसँग ३ विकेटले पराजित भएको नेपाल समूह चरणबाटै बाहिरिएको थियो यो समूहबाट समूह विजेता बन्दै भारत र समूह उपविजेता बन्दै अफगानिस्तान सेमिफाइनलमा पुगेको छ । युएई भने जितविहीन रह्यो ।

प्रकाशित मिति : २०७५, १६ आश्विन मंगलबार  ६ : ०५ बजे

किन मनाइन्छ श्रीकृष्ण जन्माष्टमी ? यस्तो छ धार्मिक महत्व

काठमाडौं । भगवान् श्रीकृष्णको जन्मोत्सवका रूपमा मनाइने कृष्ण जन्माष्टमी हिन्दू

ताप्लेजुङ गोल्डकपको उपाधिको लागी अजा सलहेस र फिदिमबिच प्रतिसप्रर्धा 

ताप्लेजुङ । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको फाइनल

बाढी प्रभावितको उद्धारमा सरकार गम्भीर रुपमा चुकेको छ : सुवास चन्द्र बराल

काठमाडौं । नेपाल इन्जिनियर्स एशोसिएसनका अध्यक्ष इन्जिनियर सुवासचन्द्र बरालले भोटेकोशी

श्रीकृष्ण जन्माष्टमी : पाटनको कृष्ण मन्दिरमा भक्तजनको घुइँचो

ललितपुर । भगवान् श्रीकृष्णको जन्मदिवसका रूपमा मनाइने श्रीकृष्ण जन्माष्टमीका अवसरमा देशभरका कृष्ण

नुवाकोटका बाढीपीडितको पुनस्र्थापनाबारे मन्त्री रावलद्वारा जनप्रतिनिधिसँग छलफल

नुवाकोट । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन