२०८३, १६ आश्विन शनिबार

कञ्चनपुरमा फेरि आन्दोलन चर्कियो : पत्रकारमाथि हातपात, क्यामेरा तोडफोड !

कञ्चनपुरमा फेरि आन्दोलन चर्कियो : पत्रकारमाथि हातपात, क्यामेरा तोडफोड !


कञ्चनपुर । कञ्चनपुरक १३ बर्षिया निर्मला पन्तका हत्यारा सार्वजनिकको माग राख्दै नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघले मंगलबार आब्हान गरेको बन्दका क्रममा पत्रकारमाथी नै कुटपिट भएको छ।सरकारी वकिल कार्यालय कञ्चनपुरमा तोडफोड गर्न पुगेका नेविसंघका नेता कार्यकर्ताले पत्रकार चन्द्रकान्त जोशीमाथी कुटपिट गर्नुका साथै क्यामेरा तोडिदिएका छन्।

एसटिएस एव सगरमाथा टेलिभिजन कञ्चनपुरमा समाचारदाता जोशीमाथी किन फोटो खिचेको भन्दै कुटपिट गरेका हुन् । नेवि संघले बन्दको अवाज्ञा गरेको भन्दै कञ्चनपुरका तीन सरकारी कार्यालयमा तोडफोड गरेको प्रहरीले जनाएको छ।कञ्चनपुर प्रहरीका अनुसार जिल्ला समन्वय समिति, जिल्ला प्राविधिक र सरकारी वकिल कार्यालयमा तोडफोड गर्नुका साथै कुर्सी, टेबुल तोडफोड गरेका हुन् । नेविसंघका बन्दकर्ताले बन्दको अवाज्ञा गरेको भन्दै एक्कासी कार्यालय भित्र आएर तोडफोड गरेको कर्मचारीले बताएका छन्।

सरकारी वकिल कार्यालयका नासु कृष्ण भट्ट, कम्प्युटर डाटा अपरेटर मञ्जु भट्ट र कार्यालय सहयोगी धनबिर भाटमाथी कुटपिट गरेको हो।
बन्दकर्ताले कार्यालय भित्र तोडफोड र नासु भट्टमाथी कुटपिट गर्दा प्रतिकारमा उत्रेका कास भाटको सर्टको बटम च्यातिदिएका थिए । कार्यालयको बा २ झ २७१५ नम्बरको जिपमा तोडफोड गरिदिएका छन् । तोडफोडबाट जिपको सिसा फुटेको छ ।

प्रकाशित मिति : २०७५, १६ आश्विन मंगलबार  ५ : ५० बजे

‘गुट होइन नीति, पद होइन जिम्मेवारी’ : महामन्त्रीका आकांक्षी महरले अघि सारे कांग्रेस रूपान्तरणका एजेन्डा

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको पूर्वसन्ध्यामा महामन्त्री पदका उम्मेदवार

हिम्लुङ हिमालमा हिमपहिरो : बेपत्ता तेमालका तीन आरोही भेटिए

मनाङ । मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमालमा गएको हिमपहिरोपछि

नेपालसहित ५० देशका नागरिकलाई अमेरिकाद्वारा २० हजार डलरसम्मको भिसा बन्ड अनिवार्य

काठमाडौं । अमेरिकाले पर्यटक तथा व्यावसायिक प्रयोजनका लागि दिइने बी–१÷बी–२

उज्यालो नेपाल अब विकल्पमा सीमित रहँदैन : कुलमान घिसिङ

रामेछाप । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले पार्टीलाई देशको

विश्व बजारमा खाद्यान्नको मूल्य फेरि बढ्यो, चिनीको मूल्य ६.१ प्रतिशतले वृद्धि

काठमाडौं । विश्व बजारमा खाद्य वस्तुको मूल्य फेरि बढेको छ