२०८३, १८ आश्विन सोमबार

कञ्चनपुरमा फेरि आन्दोलन चर्कियो : पत्रकारमाथि हातपात, क्यामेरा तोडफोड !

कञ्चनपुरमा फेरि आन्दोलन चर्कियो : पत्रकारमाथि हातपात, क्यामेरा तोडफोड !


कञ्चनपुर । कञ्चनपुरक १३ बर्षिया निर्मला पन्तका हत्यारा सार्वजनिकको माग राख्दै नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघले मंगलबार आब्हान गरेको बन्दका क्रममा पत्रकारमाथी नै कुटपिट भएको छ।सरकारी वकिल कार्यालय कञ्चनपुरमा तोडफोड गर्न पुगेका नेविसंघका नेता कार्यकर्ताले पत्रकार चन्द्रकान्त जोशीमाथी कुटपिट गर्नुका साथै क्यामेरा तोडिदिएका छन्।

एसटिएस एव सगरमाथा टेलिभिजन कञ्चनपुरमा समाचारदाता जोशीमाथी किन फोटो खिचेको भन्दै कुटपिट गरेका हुन् । नेवि संघले बन्दको अवाज्ञा गरेको भन्दै कञ्चनपुरका तीन सरकारी कार्यालयमा तोडफोड गरेको प्रहरीले जनाएको छ।कञ्चनपुर प्रहरीका अनुसार जिल्ला समन्वय समिति, जिल्ला प्राविधिक र सरकारी वकिल कार्यालयमा तोडफोड गर्नुका साथै कुर्सी, टेबुल तोडफोड गरेका हुन् । नेविसंघका बन्दकर्ताले बन्दको अवाज्ञा गरेको भन्दै एक्कासी कार्यालय भित्र आएर तोडफोड गरेको कर्मचारीले बताएका छन्।

सरकारी वकिल कार्यालयका नासु कृष्ण भट्ट, कम्प्युटर डाटा अपरेटर मञ्जु भट्ट र कार्यालय सहयोगी धनबिर भाटमाथी कुटपिट गरेको हो।
बन्दकर्ताले कार्यालय भित्र तोडफोड र नासु भट्टमाथी कुटपिट गर्दा प्रतिकारमा उत्रेका कास भाटको सर्टको बटम च्यातिदिएका थिए । कार्यालयको बा २ झ २७१५ नम्बरको जिपमा तोडफोड गरिदिएका छन् । तोडफोडबाट जिपको सिसा फुटेको छ ।

प्रकाशित मिति : २०७५, १६ आश्विन मंगलबार  ५ : ५० बजे

सल्लाघारीस्थित खुल्ला चौरमा यहीँ २१ गते बुधबारबाट दशैं रमाइलो महोत्सव–२०८३ सुरु हुने

भक्तपुर, १९ असोज  : नजिकिदै दशैंमा उपभेक्तालाई एकै ठाउँमा सहज,

महाधिवेशनको दोस्रो दिन : सवा ९ बजेबाट बन्दसत्र सुरु

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन आज (सोमबार) दोस्रो दिन पनि

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ७०१ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ७०१ वटा सवारीसाधनका

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

सन्तानको दीर्घायुका लागि आमाको कठोर तपस्या नै जितिया पर्वको विशेषता हो : रामदयाल राकेश

काठमाडौं । देशभर अहिले दशैं, तिहार र छठलगायतका पर्वको मौसम