२०८३, ३० आश्विन शनिबार

डडेल्धुरामा जीप दुर्घटना: एक जनाको मृत्यु , आठ घाइते

डडेल्धुरामा जीप दुर्घटना: एक जनाको मृत्यु , आठ घाइते


परशुराम, कात्तिक १४ : डडेल्धुरामा जीप दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ । दुर्घटनामा गन्यापधुरा गाउँपालिका–२ मालीगाउँकी ४३ वर्षीया कुमारी देउवाको उपचारका क्रममा सदरमुकामस्थित उपक्षेत्रीय अस्पतालमा मृत्यु भएको हो ।

सदरमुकामदेखि गन्यापधुरातर्फ गइरहेको म १ ज ३११ नंको जीप मैलोडामा दुर्घटना हुँदा अन्य आठ जना घाइते भएका छन् । घाइते हुनेमा गन्यापधुरा–२ का ४७ वर्षीय कर्ण देउवा, ४० वर्षीया सरुदेवी देउवा, ३३ वर्षीय लोकेन्द्र देउवा, १४ वर्षीया विमला देउवा, ३० वर्षीय योगेन्द्र देउवा, ६ वर्षीय सुवास देउवा, ३५ वर्षीय देवबहादुर देउवा र ११ वर्षीया मनिषा देउवा रहेका छन् ।

घाइतेहरुको उपक्षेत्रीय अपस्तल डडेल्धुरामा उपचार भइरहेको र दुर्घटनामा परी गम्भीर रहेका ६ वर्षीय सुवास देउवालाई धनगढी पठाइएको जिल्ला प्रहरी कार्यालयका नायब उपरीक्षक डम्बरबहादुर केसीले जानकारी दिनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, १४ कार्तिक बुधबार  ९ : ३१ बजे

कस्तो रहनेछ आजको मौसम ?

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ

फूलपाती भित्र्याउने तरिका फरक होला तर विधि समान हुन्छ : डा.नारायण प्रसाद निरौला

काठमाडौं । बडादशैंको सातौँ दिन आश्विन शुक्ल सप्तमीका दिन देशभर

सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह

काठमाडौं । कुनै समय नेपाल आउने अधिकांश पर्यटक काठमाडौंका ऐतिहासिक

घुन्सा हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएकाहरूको सम्झनामा निर्मित अर्धसालिक

विसं २०६३ असोज ७ गते ताप्लेजुङको घुन्सामा भएको हेलिकप्टर दुर्घटनामा

चिनियाँ लगानीको मासु प्रशोधन उद्योगमा कमाउ धन्दा, उद्योग प्रशासक शर्माकै मिलेमतो !

सिन्धुली । निर्माणाधिन सिन्धुलीको मासु प्रशोधन उद्योगमा अबैध रुपमा काममा