२०८२, २७ चैत्र शनिबार

प्रदेश नं ३ प्रदेशमा प्रोजेक्ट बैंकको स्थापना गरिने

प्रदेश नं ३ प्रदेशमा प्रोजेक्ट बैंकको स्थापना गरिने


हेटौँडा, १४ कात्तिक: प्रदेश नं ३ का प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा खिमलाल देवकोटाले प्रदेशको १३ जिल्लाको भूगोल र जनताको आवश्यकता अनुसारको योजनालाई तत्काल फेरबदल नगरी कार्यान्वयनमा ल्याउन आगामी आव २०७५/७६ देखि ३ नं प्रदेशमा प्रोजेक्ट बैंकको स्थापना गर्ने तयारी भइरहेको बताउनुभएको छ ।

उपाध्यक्ष डा देवकोटाले राष्ट्रिय समाचार समितिसँग आज सङ्क्षिप्त कुराकानी गर्दै राष्ट्रिय गौरवको आयोजना तथा जिल्लाका आवश्यकताअनुरुप विकास योजनाको छनोट गर्न आगामी मङ्सिर महीनाभित्र पाँचवर्षे आवधिक योजनाको आधारपत्रको मस्यौदा तयार गरिसक्ने जानकारी दिनुभयो । उहाँले प्रोजेक्ट योजनाअन्तर्गत ऊर्जा उत्पादन, पर्यटन, कृषि उत्पादन र बहुर्राष्ट्रिय कम्पनी स्थापनाका लागि स्वदेशी र विदेशी लगानीकर्तालाई प्रदेश सरकारले सहज सुविधायुक्त सेवा उपलब्ध गराउन नीति योजना आयोगले समन्वय कर्ताको भूमिका निर्वाह गर्ने बताउनुभयो ।

डा देवकोटाले एक प्रश्नको उत्तरमा जिल्लाको भौगोलिक र आवश्यकताअनुसार स्थानीय निकायबाट सिफारिश भई आएका योजनालाई यदाकदा राजनीतिक दलको नेता, प्राविधिक कार्यालय र उच्च प्रशासनका पदाधिकारीबाट फेरबदल गर्ने प्रक्रिया चलेकाले स्थानीय भेगमा निर्माण हुने विकास आयोजनाले मूर्तरुप पाउन नसकेको उल्लेख गर्नुभयो । उहाँले जनताले प्रत्यक्ष लाभ पाउने योजनालाई फेरबदल नगरिकन ती योजनालाई कार्यान्वयन गर्ने प्रक्रियालाई अब निरन्तरता दिनुपर्नेमा जोड दिँदैै प्रोजेक्ट बैंकबाट योजनाको निष्पक्ष छनोट र स्थलगतरुपमा कार्यान्यवन गर्ने र त्यसको प्रत्यक्ष अनुगमन गर्ने नीति योजना आयोगले उच्च प्राथमिकतामा राखेको बताउनुभएको छ ।

सो प्रदेश नीति योजना आयोगले आवधिक योजनाको आधारपत्र तयार गर्न कात्तिक १७ गते चितवनको भरतपुर, १८ गते नुवाकोट र २० गते ललितपुरमा योजना समीक्षा गोष्ठीको आयोजना गर्न लागेको एवं सो गोष्ठीबाट प्राप्त सुझावअनुसार योजनालाई समष्टिगतरुपमा अवधारणापत्र तयार गरी क्रमशः चालू आर्थिक वर्षभित्रै १३ जिल्ला योजना कार्यान्वयन गर्ने नीति योजना आयोगका सदस्य श्यामकुमार बस्नेतले बताउनुभएको छ ।

उहाँका अनुसार सो आयोगले प्रभावकारीरुपमा कार्यक्रमको तर्जुमाका साथै अनुगमन गर्ने कार्यका लागि आवश्यक जनशक्ति, कर्मचारीको दरबन्दी २२ जना भएको भए पनि हाल एक जना उपसचिव र एक जना प्रशासकीय अधिकृत कार्यरत हुनुभएकाले आफ्नो भूमिकालाई गतिशील बनाउन कठिनाइ उत्पन्न भएको जानकारी दिनुभएको छ ।
-रासस

प्रकाशित मिति : २०७५, १४ कार्तिक बुधबार  ७ : ३९ बजे

परराष्ट्रमन्त्री शिशिर खनालले भारत, भूटान र बङ्गलादेशका विदेशमन्त्रीहरूसँग भेटवार्ता

काठमाडौँ । नवौँ हिन्द महासागर सम्मेलनमा सहभागी हुने सिलसिलामा मोरिससको

सरकारको २४ घण्टाभित्र विमानस्थलमा स्तनपानकक्षको व्यवस्था गर्ने निर्देशन

काठमाडौँ । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशभरका सबै विमानस्थलमा २४

अमेरिकासँगको वार्ताका लागि इरानको उच्चस्तरीय टोली इस्लामावाद पुगे

काठमाडौं । अमेरिकासँगको शान्ति वार्ताका लागि इरानको उच्चस्तरीय प्रतिनिधिमण्डल पाकिस्तानको

अमेरिका र इरानबीच इस्लामावादमा वार्ता

काठमाडौं । पाकिस्तानको मध्यस्थतामा आज इस्लामावादमा अमेरिका र इरान बीच

राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकको रिक्त डेपुटी गभर्नर पदमा किरण