२०८३, १४ कार्तिक शनिबार

प्रधानमन्त्रीको स्वास्थ्यमा क्रमिक सुधार

प्रधानमन्त्रीको स्वास्थ्यमा क्रमिक सुधार


काठमाडौँ, १४ कात्तिक : प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा क्रमिक सुधार आएको छ । प्रधानमन्त्री ओलीको छातीको सङ्क्रमण, ज्वरो र खोकी नियन्त्रण भएको उहाँको उपचारमा संलग्न प्रा डा अरुण सायमीले जानकारी दिनुभयो । उहाँका अनुसार प्रधानमन्त्रीको रक्तचाप र मधुमेह पनि सन्तुलनमा रहेको हुँदा सामान्य हिँडडुल गर्नुभएको र सामान्य खाना थाल्नुभएको छ ।

प्रधानमन्त्री ओली सोमबार बिहान छातीमा सङ्क्रमण भई श्वासप्रश्वासमा समस्या देखिएपछि महाराजगञ्जस्थित त्रिवि, चिकित्सा शास्त्र अध्ययन संस्थान, मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना हुनुभएको थियो । उहाँको उपचारका क्रममा नसाबाट दिइएका विभिन्न औषधि बिहीबारदेखि बन्द गरिने र मुखबाट खुवाइनेछ । प्रधानमन्त्रीको उपचारमा डा सायमीको संयोजकत्वमा प्रा डा दिव्यासिंह शाह तथा डा सन्तकुमार दास सम्मिलित हुनुहुन्छ ।

प्रकाशित मिति : २०७५, १४ कार्तिक बुधबार  ७ : २४ बजे

सिन्धुली रास्वपाको ‘क्यान्डिडेट क्लब’मा २ जनाको मात्रै निवेदन

सिन्धुली । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट स्थानीय तहको निर्वाचनमा

भैरहवाको बदलिँदो पहिचान : गाउँबाट व्यापारिक सहर,

रुपन्देही । कुनै समय ढुंगैढुंगाका बाटा, फुसका घर, झाडी र

पत्रकार पक्राउ र सञ्चारगृहमाथिको हस्तक्षेपविरुद्ध माइतीघरमा पत्रकारको प्रदर्शन

काठमाडौं । पत्रकार पक्राउ, सञ्चारगृहमाथि धरपकड र न्यूजरुममा प्रहरी हस्तक्षेप

पहिरोले बिपी राजमार्ग अवरुद्ध, पिन्थली र गिम्दीबेँसीमा सडक बन्द

काभ्रेपलाञ्चोक । निरन्तर वर्षासँगै पहिरो खस्दा बिपी राजमार्ग पूर्ण रूपमा

रास्वपाको सचिवालय बैठक आज, बिहान ११ बजे बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज सचिवालय बैठक