२०८३, ३ जेष्ठ सोमबार

चिकित्सा शिक्षा विधेयक अगाडि बढाइने

चिकित्सा शिक्षा विधेयक अगाडि बढाइने


काठमाडौँ, १४ कात्तिक : प्रस्तावित ‘चिकित्सा शिक्षा विधेयक २०७५’ लाई छिटोभन्दा छिटो सहमतिका आधारमा संसद्मा पेश गर्न सांसदले जोड दिएका छन् । सरकार र प्रा डा गोविन्द केसी बीचमा सो विधेयक संसद्मा शीघ्र पेश गरी पारित गराउने सहमति भएको थियो । सो सहमतिका आधारमा विधेयकमाथि सत्तापक्ष र विपक्षका २३ जना सांसदले विभिन्न बँुदामा संशोधन दर्ता गराएका थिए ।

हाल सो विधेयक प्रतिनिधि सभा, शिक्षा र स्वास्थ्य समितिअन्तर्गतको उपसमितिमा छलफलमा छ । समितिको आज बसेको बैठकमा समितिका सदस्यले विधेयकलाई अगाडि बढाई सहमति खोज्न आग्रह गरेका थिए । समितिका सदस्य एवं पूर्वमन्त्री खगराज अधिकारीले संसद्को गत अधिवेशनमा पेश गर्ने तयारी हुँदाहुँदै प्राविधिक कारणले रोकिएको विधेयकलाई उपसमितिले सहमतिका आधारमा टुङ्गोमा पु¥याई समितिसमक्ष पेश गर्न आग्रह गर्नुभयो ।

समितिका अर्का सदस्य योगेश भट्टराईले विधेयकले चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा बहुआयामिक प्रभाव पार्ने चर्चा गर्दै आग्रह एवं पूर्वाग्रहविना विधेयकमाथि अझ व्यापक छलफल आवश्यक रहेको बताउनुभयो । समितिका सदस्य मनकुमारी जिसी, हितबहादुर तामाङ, एकल मियाँले शिक्षा र स्वास्थ्यका कार्यक्रमका अनुगमनको आवश्यकता रहेको बताउनुभयो ।बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा सुरेन्द्र यादवले समग्र स्वास्थ्य सुधारका लागि उपकरण, औषधि तथा जनशक्ति तीनै क्षेत्रमा काम भइरहेको जानकारी दिनुभयो । समितिका सभापति जयपुरी घर्तीको सभापत्विमा सो बैठक सम्पन्न भएको थियो ।
-रासस

प्रकाशित मिति : २०७५, १४ कार्तिक बुधबार  ६ : ५३ बजे

विद्या भण्डारीको सदस्यता खुलाउने एमाले निर्णय, पार्टी राजनीतिमा सक्रियताको संकेत

काठमाडौं । नेकपा एमाले ले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी को

एमाले सचिवालय बैठकमा ११ एजेन्डा प्रवेश, संगठनदेखि सरकार समीक्षा सम्मको बहस

काठमाडौं । नेकपा एमाले को सचिवालय बैठकमा पार्टीको आन्तरिक व्यवस्थापनदेखि

स्कटल्याण्ड १९४ रनमा अलआउट, ललित–सन्दीपको घातक बलिङ, नेपाललाई १९५ रनको लक्ष्य

काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत जारी खेलमा स्कटल्याण्ड १९४

सभामुखको अधिकार प्रयोगमाथि प्रश्न: एमाले सांसद राईको तीव्र आपत्ति, संसदमा नियमावली विवाद चर्कियो

काठमाडौं । नेकपा एमालेका सांसद मोहम्मद इश्तियाक राई ले सभामुखको

विपि राजमार्गको विकल्प,विपि राजमार्ग नै हो : सचिव छितिज लामा

काठमाडौं । राष्ट्रिय युवा संघ नेपाल बागमती प्रदेशका सचिव छितिज