२०८३, २६ आश्विन मंगलबार

टरिगाउँ विमानस्थलमा हप्ताको तीन दिन विमान चल्ने

टरिगाउँ विमानस्थलमा हप्ताको तीन दिन विमान चल्ने


लमही, १४ कात्तिक: दाङको टरिगाउँ विमानस्थलमा अबदेखि हप्तामा तीन दिन उडान हुने भएको छ । यसअघि नेपाल एयरलाइन्सको डाँफे विमानले हप्तामा दुई दिन मात्रै दाङ–काठमाडौँ उडान भर्दै आएकामा अब हप्तामा तीन दिन उडान भर्ने भएको छ । आज सांस्कृतिक, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी, दाङ क्षेत्र नं १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य मेटमनी चौधरी, तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डे, नेपाल वायु कमर्सियल डाइरेक्टर टङ्क निधि दाहाल, कमर्सियल डिपार्टमेन्ट निर्देशक सञ्जय पन्त, डेपुटी डाइरेक्टर सबिना शाक्यसहितको टोलीले छलफल गरी टरिगाउँ विमानस्थलमा हप्तामा तीन दिन हवाई उडान भर्ने सहमति गर्नुभएको हो ।

यसअघि सोमबार र शुक्रबार मात्रै उडान भर्दै आएको भए पनि अबदेखि बुधबार पनि जहाजले उडान भर्नेछ । नेपाल एयरलाइन्सका कमर्सियल डाइरेक्टर टङ्कनिधि दाहालका अनुसार मङ्सिर महीनाको पहिलो साताबाट सोमबार, बुधबार र शुक्रबार गरेर सातामा तीन पटक हवाई सेवा सञ्चालन हुने भएको हो । यात्रुहरुको मागअनुसार सातै दिन हवाई सेवा सञ्चालन गर्न सकिनेसमेत बताउनुभयो ।

साथै उपमहानगरसँगको सहमतिमा सेवासुविधा पनि थप गरिने उहाँको भनाइ छ । सातामा तीन पटक हवाई सेवा सञ्चालन भएसँगै हवाई भाडा पनि घट्ने बताउनुभयो । उपमहानगरपालिकाको पहलमा पछिल्लो समय असोज १९ गतेबाट नेपाल एयरलाइन्सको सानो जहाजले सातामा दुई पटक विमानसेवा सञ्चालन गर्दै आएको थियो । विमान सेवा सञ्चालन भएसँगै हवाई सेवाको प्रयोग गर्ने यात्रुलाई सहज भएको थियो । विमानस्थल सञ्चालन समितिका संयोजक सूर्यबहादुर डाँगीले अस्थायी इन्धन डिपो स्थापनाका लागि काम भइरहेको समेत बताउनुभयो । २०११ सालमा पहिलो पटक उडान भरिएको टरिगाउँ विमानस्थल पटक पटक अनियिमत हुने गरेको थियो । इन्धन डिपो नहुँदा उडानमा समस्या पर्ने गरेको छ ।

प्रकाशित मिति : २०७५, १४ कार्तिक बुधबार  ६ : २७ बजे

फलाखु खोलामा ७३ मिटर लामो एक्रो पुल तयार, ४० टनसम्म भार धान्ने

नुवाकोट । नुवाकोटको बेत्रावतीस्थित फलाखु खोलामा नवनिर्मित मोडुलर (एक्रो) पुल

विराटनगरमा मुख्यमन्त्रीहरूको जमघट, सात प्रदेशबीच विकास साझेदारीमा छलफल

विराटनगर । सङ्घीयता सुदृढीकरण, अन्तरप्रदेशीय समन्वय र साझा विकासका एजेन्डामा

पाँच प्रस्तावित राजदूतको संसदीय सुनुवाइ सुरु, पाँच देशका लागि सिफारिस

काठमाडौं । सरकारले विभिन्न पाँच मुलुकका लागि सिफारिस गरेका प्रस्तावित

कालीमाटीमा तरकारीको मूल्य सार्वजनिक, गोलभेडा ७० देखि आलु २८ रुपैयाँसम्म

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका

उखु किसानको खातामा सिधै प्रोत्साहन अनुदान वितरणका लागि नयाँ कार्यविधि

काठमाडौं । उखु उत्पादक किसानलाई सरकारले उपलब्ध गराउने प्रोत्साहन अनुदान