२०८२, २२ मंसिर सोमबार

प्रहरीद्वारा ३६४ स्थानीय तहसँग समझदारी

प्रहरीद्वारा ३६४ स्थानीय तहसँग समझदारी


काठमाडौँ, १४ कात्तिक: नेपाल प्रहरीले ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रमलाई सफल बनाउन देशभरका ७५३ मध्ये ३६४ स्थानीय तहसँग समझदारी गरेको छ । प्रहरी प्रधान कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा कात्तिक ११ गते शुभारम्भ गरिएको ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रमलाई देशव्यापी लैजाने उद्देश्यका साथ ३६४ स्थानीय तहसँग समझदारी गरेको जानकारी दिइयो । जसमा उपत्यकाभित्रका महानगरपालिकाका प्रमुखसँग महानगरीय प्रहरी कार्यालयका प्रमुख, उपत्यकाबाहिरका महानगरपालिका प्रमुखसँग सम्बन्धित प्रदेशका प्रहरी प्रमुख तथा उपमहानगर, नगरपालिका र गाउँपालिकामा सम्बन्धित जिल्लाका प्रहरी प्रमुखले समझदारी गर्नुभएको थियो ।

‘हर प्रहर, गाउँ र नगरी, टोल टोलमा नेपाल प्रहरी’ भन्ने मूल नाराका साथ शुरु भएको उक्त अभियान स्थानीय तह, समुदाय, सामाजिक संस्था र विद्यालयसँग पु¥याउने लक्ष्य राखिएको छ । पत्रकार सम्मेलनमा प्रहरी प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले तीन महीनाको गृहकार्यबाट ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम सञ्चालनमा ल्याएको बताउँदै यसको कार्यान्वयनमा सबैको साथ र सहयोग आवश्यक रहेको बताउनुभयो ।

“अपराधमा संलग्न भएकामध्ये अधिकांश युवा रहेका छन्, युवामा यस कार्यक्रम लैजान नेपाल प्रहरीले अभियानमार्फत सरोकारवाला निकायसँग मिलेर प्रभावकारी भूमिका खेल्नेछ,” उहाँले भन्नुभयो । गृह मन्त्रालयबाट जारी भएको ८२ बुँदे गृह प्रशासन सुधार योजनालाई आत्मसात् गर्दै नेपाल प्रहरी उक्त अवधारणालाई अगाडि सारेको हो । कार्यक्रम कार्यान्वयन गर्न केन्द्रीयस्तरदेखि गाउँतहसम्मै साझेदारी संरचना निर्माण गरिने प्रवक्ता सुवेदीले जानकारी दिनुभयो । अभियानलाई दिगो र दीर्घकालीन साझेदारीका रुपमा विकास गरिने उहाँको भनाइ थियो ।

अभियानमा ७५३ स्थानीय तह, १० हजार सामाजिक संस्था, ७५ लाख विद्यार्थी, ३६ हजार विद्यालय, चार लाख शिक्षक, ७५ हजार प्रहरी र ४० लाख अभिभावक प्रत्यक्ष संलग्न रहने प्रहरीले जनाएको छ । कार्यक्रमलाई प्रभावकारी ढङ्गले कार्यान्वयन गर्न जिल्लामा समुदाय–प्रहरी जिल्ला समिति, स्थानीय तहमा समुदाय–प्रहरी पालिका समिति, वडामा समुदाय–प्रहरी वडा समिति, गाउँमा समुदाय–प्रहरी टोल समिति र विद्यालयमा समुदाय–प्रहरी विद्यालय समिति निर्माण गरिएको प्रवक्ता सुवेदीको भनाइ छ । साझेदारीअन्तर्गत अभियान सञ्चालन गरिने भएकाले शुरुमा प्रहरीले रु दुई करोड ४९ लाख ५४ हजार ५०० तथा एक वर्षका लागि रु १९ करोड ५६ लाख २२ हजार ३०० विनियोजन गरेको छ ।

प्रकाशित मिति : २०७५, १४ कार्तिक बुधबार  ६ : १७ बजे

चार महिनाका छोराको हत्या गरी फरार नेपाल प्रहरीका असई पक्राउ

काठमाडौं । आफ्नै चार महिनाका छोराको हत्या गरेको आरोपमा प्रहरीले

वीरगञ्जमा नयाँ तरकारी-फलफूल थोकबजार सञ्चालन

वीरगञ्ज। वीरगञ्ज महानगरले रेल्वेसडकस्थित छपकैयाँमा निर्माण गरेको तरकारी तथा फलफूल

नागढुङ्गा-नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने

काठमाडौँ। सडक निर्माणको गति बढाउन सरकारले नागढुङ्गा–नौबिसे मलेखु सडकखण्ड आंशिक

११४ दललाई निर्वाचन चिन्ह प्रदानः एमालेको ‘सूर्य’ पहिलो, जलोपाको ‘भैँसी’ अन्तिम

काठमाडौँ। निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका

दाङको लमहीमा होटल सञ्चालक मृत भेटिए

दाङ। दाङ देउखुरीको लमहीमा एक होटल सञ्चालक मृत अवस्थामा फेला