२०८३, २५ आश्विन सोमबार

हेल्प डेस्क राख्दै संसद् सचिवालय

हेल्प डेस्क राख्दै संसद् सचिवालय


काठमाडौं, कार्तिक १४ :संघीय संसद् सचिवालयले प्रत्येक मन्त्रालयमा हेल्प डेस्क राख्ने तयारी गरेको छ । आजको नेपाल समाचारपत्रको पहिलो पेष्ठमा समाचार छापिएको छ ।संघीय संसद् सचिवालयका प्रवक्ता डा रोजनाथ पाण्डेका अनुसार समितिले दिएका निर्देशन कार्यान्वयन गर्न मन्त्रालयलाई सजिलो होस् भनेर यस्तो तयारी गर्न लागिएको हो ।

‘मन्त्रालयमै नै हेल्प डेस्क राखेपछि समिति र मन्त्रालयबीचको समन्वय राम्रो हुन्छ भन्ने हाम्रो बुझाइ हो’, प्रवक्ता पाण्डेले भने, ‘यसबारे आन्तरिक तयारी भइरहेको छ, अब समितिका बैठक बस्न थालेपछि यसबारे थप छलफल गर्छौं ।’ पाण्डेले मन्त्रालयमै हेल्प डेस्क राखिसकेपछि समितिको निर्देशन कार्यान्वयनका लागि खबरदारी गर्न र आवश्यक परामर्श लिन सजिलो हुने दावी गरे ।

समितिले दिएका निर्देशन मन्त्री, मन्त्रालय र सरोकारवाला निकायले बेवास्ता गरिरहेका बेला सचिवालयले यस्तो सोच बनाएको हो । प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिका सचिव वंशीराज पौडेलले समितिले दिएका धेरैवटा निर्देशन अलमलमा परेको बताए ।

प्रकाशित मिति : २०७५, १४ कार्तिक बुधबार  ७ : ४६ बजे

प्रवासी नेपाली मञ्चको दोस्रो अन्तर्राष्ट्रिय अधिवेशन नोभेम्बर ४ र ५ मा काठमाडौंमा

विश्वभरबाट ४०० भन्दा बढी प्रतिनिधि सहभागी हुने, नयाँ नेतृत्व चयन

एमालेविरुद्ध भ्रम फैलाउने प्रयास भइरहेको राजन भट्टराईको आरोप, प्रतिवादमा उत्रिन प्रवासी नेपाली मञ्चलाई आग्रह

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सचिव राजन भट्टराईले एमालेविरुद्ध योजनाबद्ध

बजेटविहीनताको अन्योल चिर्दै सुदूरपश्चिममा ३७ अर्ब ७० करोडको बजेट पुनः प्रस्तुत

धनगढी । लामो समयदेखि बजेटविहीनताको अवस्थामा रहेको सुदूरपश्चिम प्रदेश सरकारले

एक लाख राशीको सूर्यविनायक अन्तर वडास्तरीय फुटवल प्रतियोगिता सुरू

एक लाख राशीको सूर्यविनायक अन्तर वडास्तरीय फुटवल प्रतियोगिता सुरूभक्तपुर २५