२०८३, १३ कार्तिक शुक्रबार

तपाईलाई पैसाको हाहाकार भैरहेको छ ? पर्समा राख्न नबिर्सनुहोस् यी ७ बस्तु

तपाईलाई पैसाको हाहाकार भैरहेको छ ? पर्समा राख्न नबिर्सनुहोस् यी ७ बस्तु


वास्तु शास्त्रका अनुसार पर्समा पैसाको अभाव नहोस् भन्नका लागि यसमा पनि सकारात्मक उर्जा पैदा गर्नुपर्छ । तपाइँले पर्समा राख्ने कुराले यसमा पैसाको प्रयाप्तता र अभावको वातावरण बन्ने पैदा हुने वास्तु शास्त्रको भनाइ छ । यहाँ वास्तु शास्त्रका अनुसार पर्समा राख्नु पर्ने ७ कुराको चर्चा गरिएको छ ।

यी कुरा पर्समा राख्दा पैसाको अभाव हुँदैनः
१, हरेक कुरा पर्समा राख्ने बानी छ भने यस्तो नगर्नुस् । पर्समा अनावश्यक चिजहरु गोलमाल गराए राख्दा यसले नकारात्मक उर्जा पैदा हुन्छ र आर्थिक अभाव हुन सक्छ ।
२, यदि तपाइँको पर्समा लक्ष्मीको तस्विर छ भने यसले पनि सकारात्मक उर्जा पैदा गर्छ । यसले पैसाको अभाव हुन नदिने वास्तु शास्त्रको विश्वास छ ।
३, पर्समा लक्ष्मीको प्रतिमा, गोमती चक्र, चाँदिको सिक्का राख्नु पनि शुभ मानिन्छ । यस्ता वस्तुले पर्समा सकारात्मक उर्जा पैदा गर्ने वास्तु शास्त्रको भनाइ छ ।
४, मानिसहरुले कसै न कसैलाई गुरु मान्छन् । कतिपयलाई कुनै तर्थस्थलप्रति श्रद्धा हुन्छ । पर्समा गुरुको तस्विर हुनु वा अध्यात्मिक क्षेत्रको तस्विर हुनु सकारात्मक मानिन्छ । यसले तपाइँलाई आर्थिक अभाव हुन नदिने वास्तु शास्त्रको भनाइ छ ।
५, पर्समा लक्ष्मीलाई चढाइएको वा पुजामा प्रयोग गरिएको चावलका दाना राख्दा पनि सकारात्मक उर्जा बन्ने वास्तु शास्त्रको विश्वास छ । यस्तो चामललाई कागजमा पोको पारेर पर्समा राख्नु उचित हुने मानिन्छ ।
६, पर्समा अश्लिल तस्विर वा अश्लिल सामग्री नराख्नुस् । यस्ता कुराले नकारात्क उर्जा बढाउँछ । सके सम्म देवी देवताका तस्विर राख्नुस् ।
७, पैसाकी देवी लक्ष्मी हुन् । लक्ष्मीको कृपा भएमा पैसा हुने विश्वास गरिन्छ । यसका लागि पर्समा श्रीयन्त्र राख्नु राम्रो हुने वास्तु शास्त्रको भनाइ छ । विधी पुर्वक पुजिएको श्रीयन्त्र पर्समा राख्दा पैसाको अभाव हुँदैन ।

प्रकाशित मिति : २०७५, १४ कार्तिक बुधबार  ६ : ४४ बजे

काठमाडौंमा बिहानैदेखि झरी, जनजीवन प्रभावित; भारी वर्षाको चेतावनी

काठमाडौं । काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा वर्षा भएपछि जनजीवन

लागुऔषध कारोबारी नियन्त्रणमा लिन मोरङ प्रहरीको ८ राउण्ड फायर, दुई भारतीय घाइते, तीन पक्राउ

विराटनगर । मोरङको रतुवामाईमा लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले आठ

पर्यटनमा विश्वास जगाउन मे २०२७ मा विश्व शान्ति पूजा

काठमाडौं । पछिल्लो समय हिमाली क्षेत्रमा भइरहेका दुर्घटना र प्राकृतिक

कालीमाटीमा आज तरकारी र फलफूलको मूल्य कति ? हेर्नुहोस् सूची

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका

आज र भोलि देशभर वर्षा र हिमपातको सम्भावना, केही स्थानमा अति भारी वर्षाको चेतावनी

काठमाडौं । देशका अधिकांश स्थानमा आज र भोलि मेघगर्जन, चट्याङसहित