२०८३, ३० जेष्ठ आईतबार

राष्ट्रपति भण्डारीद्वारा कतारी उद्योगीलाई नेपालमा लगानी गर्न आग्रह

राष्ट्रपति भण्डारीद्वारा कतारी उद्योगीलाई नेपालमा लगानी गर्न आग्रह


कतार, १३, कार्तिक: राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल-कतार व्यावसायिक मञ्चलाई सम्बोधन गर्नुभएको छ ।

कतार भ्रमणको दोस्रो दिन व्यावसायिक मञ्चलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले नेपालमा ढुक्क भएर लगानी गर्न यहाँका उद्योगी व्यापारीलाई आग्रह गर्नु भएको हो ।

नेपाल र कतारबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ४० वर्ष नाघिसकेको र दुई देशबीचको राजनीतिक तथा आर्थिक सम्बन्ध अझ सुदृढ हुँदै गएकाले नेपाल र कतारबीच श्रम सम्बन्धमात्र नभएर प्रविधि, लगानी, व्यापार तथा पर्यटन जस्ता आर्थिक कूटनीतिका विविध आयामहरूमा समेत राम्रो सम्बन्ध विस्तार भइरहेको राष्ट्रपति भण्डारीले उल्लेख गर्नु भएको छ।

राष्ट्रपति भण्डारीले कतार नेपाली श्रमिकहरूका लागि राम्रो श्रम गन्तव्यको रूपमा रहेको साथै, कतार नेपालबीच सीधा हवाई सम्पर्क र छोटो दूरीका कारण जनस्तरमा समेत राम्रो सम्पर्क रहेको जनाउनु भएको छ ।

यसबाट नेपाल-कतारबीच आवागमन सहज हुनुका साथै अन्य मुलुकबाट आउने पर्यटकहरूको आवागमनमा पनि सहजता आउने विश्वास व्यक्त गर्नु भएको छ । राष्ट्रपति भण्डारीले भन्नुभयो, “नेपालमा राजनीतिक स्थिरता कायम भई देश समृद्धिको मार्गमा लागिसकेको कुरा व्यक्त गर्न पाउदा मलाई गौरवानुभूति भएको छ ।

तीव्र गतिमा विकासलाई अगाडि बढाउनका लागि हामीलाई प्रविधि र वित्तीय स्रोतको आवश्यकता छ । तपाईं कतारका व्यवसायी र लगानीकर्ताहरूलाई म आह्वान गर्न चाहन्छु – तपाईँहरू अब नेपालमा लगानी गर्न आउनुहोस् । यहाँहरुले प्रत्यक्ष वैदेशिक लगानी वा नेपाली लगानीकर्तासँग मिलेर संयुक्त लगानी पनि गर्नसक्नुहुन्छ” ।

उहाँले नेपालमा गरिने लगानीले उच्च प्रतिफल दिने र लगानीको प्रतिफल फिर्ताको ग्यारेण्टी समेत नेपाल सरकारले गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। त्यसैले ढुक्क भएर पर्यटन, ऊर्जा, कृषि, पूर्वाधार र उत्पादनमूलक उद्योग आदिमा लगानी गरी भरपुर फाइदा उठाउन कतारी लगानीकर्तालाई आग्रह गर्नुभएको छ।

उहाँले भन्नुभयो, “राम्रो पूर्वाधार निर्माण गर्नसके नेपालको पर्यटन क्षेत्रले ठूलो फड्को मार्न सक्नेछ । त्यसैले नेपालमा पर्यटन पूर्वाधारको लगानी गर्दा उचित प्रतिफल दिने निश्चित छ, हिमालहरूबाट स्वच्छ पिउने पानी उत्पादन गरी निर्यात गर्ने प्रचुर सम्भावना पनि त्यत्तिकै रहेको छ, यसैगरी नेपालको भौगोलिक विविधताका कारण जैविक खेती, पशुपालन र मासु उत्पादनको ठूलो सम्भावना रहेको छ ।

यही सम्भावनालाई मध्यनजर गरेर कृषि, पशुपालन र मासु विकासको क्षेत्रमा साझेदारीलाई अगाडि बढाउन आजै मात्र दुई देशबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

भौगोलिक दूरीका हिसाबले पनि कतार नजिक रहेकोले यहाँका व्यवसायीहरूले नेपालमा विविध क्षेत्रमा लगानी गरी त्यस्को उत्पादन कतार ल्याएर उपभोग गर्न वा विश्व वजारमा बेच्न सक्ने सहज अवस्था छ” ।

राष्ट्रपति भण्डारीले कतारमा ठूलो संख्यामा नेपाली रहेका र उनीहरू राम्रोसित घुलमिल समेत भएकाले यस सम्बन्धलाई उपयोग गरी दुवै मुलुकको हितका लागि काम गर्ने अवसर आएको बताउनु भएको छ।

उहाँले भन्नु भयो “ – अनुकूल श्रम सम्बन्ध, सस्तो र युवा जनशक्तिको सहज उपलब्धता, झण्डै ३ करोड जनसंख्याको आन्तरिक बजार तथा छिमेकमा रहेका विशाल बजार तथा लगानीको सुरक्षाका लागि विभिन्न कानूनी र संस्थागत प्रबन्धहरुले नेपालमा लगानीलाई आकर्षक र सुरक्षित बनाएका छन् ।

यस्तो लगानीले दुवै देशको समृद्धिमा सहयोग पुर्या उने र यसले दुईपक्षीय सम्बन्धलाई थप बलियो बनाउने छ । यसै कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल लगानी बोर्डका कार्यकारी अधिकृत महाप्रसाद अधिकारी, नेपाल उद्योग वाणिज्य संघकी अध्यक्ष भवानी राणा, नेपाल उद्योग परिसंघका पूर्व अध्यक्ष हरि शर्मा लगायतलले पनि नेपालमा कतारका उद्योगी-व्यवसायीलाई लगानी गर्न आग्रह गर्नु भएको छ ।

प्रकाशित मिति : २०७५, १३ कार्तिक मंगलबार  ९ : ५१ बजे

कमलामाईले झेलिरहेको चुनौती

अहिले हामी सवैजना एउटै साझा चुनौतीसँग लडिरहेका छौं र त्यो

कोशी प्रदेशमा खेलकुदलाई उच्च प्राथमिकता : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेश सरकारले

विराटनगरमा कांग्रेस इतर समूहको शक्ति प्रदर्शन : कोइराला–सिटौला–गच्छदार एकै मञ्चमा

विराटनगर । नेपाली कांग्रेसको संस्थापन इतर समूहले विराटनगरमा शक्ति प्रदर्शनसहित

स्थानीय र प्रदेश निर्वाचन लक्षित गर्दै एमालेको देशव्यापी ‘मिसन जागरण’ सुरु

काठमाडौँ । नेकपा एमालेले आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनलाई

दलित उत्पीडित आन्दोलन सशक्त बनाउन कोशी प्रदेश तदर्थ समिति गठन

काठमाडौं । नेपाल दलित उत्पीडित केन्द्र कोशी प्रदेश समन्वय सम्पर्क