२०८३, १ कार्तिक आईतबार

स्क्रब टाइफस रोगबाट दुईको मृत्यु

स्क्रब टाइफस रोगबाट दुईको मृत्यु


परशुराम, १३ कात्तिक: नेपालका विभिन्न ठाउँमा विकराल बन्दै गएको स्क्रब टाइफस रोगको सङ्क्रमण डडेल्धुरालगायत सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरुमा पनि देखा पर्न थालेको छ ।

पहिलो पटक डडेल्धुराको अजयमेरुमा देखा परेको स्क्रब टाइफस पछिल्ला दिनहरुमा अन्य जिल्लामा पनि देखा पर्न थालेको हो । प्रदेशका पहाडी जिल्लामा ४१ दिनको अवधिमा १३० जनाको जाँच गर्दा ५० जनामा स्क्रब टाइफसको सङ्क्रमण देखा परेको उपक्षेत्रीय अस्पतालको तथ्याङ्कमा उल्लेख छ ।

हालसम्म सो रोगबाट दुई जनाको मृत्यु भएको अस्पतालले जनाएको छ । मृत्यु हुनेमा डडेल्धुरा अजयमेरुकी २२ वर्षीया सरस्वती भट्ट र बैतडीको पाटन नगरपालिका–२ सिलङ्गाकी ९ वर्षीया बालिका गङ्गा पन्त रहेकी छिन् ।

भट्टको धनगढी र पन्तको नेपालगञ्जमा उपचारका क्रममा मृत्यु भएको उपक्षेत्रीय अस्पताल डडेल्धुराका निमित्त मेडिकल सुपरिटेनडेण्ट डा जितेन्द्र कँडेलले जानकारी दिनुभयो । यसको सङ्क्रमण बढ्दै जानथालेपछि बिरामी उपक्षेत्रीय अस्पताल पुगेर जाँच गराइरहेका छन् ।

पछिल्लो समय पहाडी जिल्लामा रोगको सङ्क्रमण बढ्दै गएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका निर्देशक डा गुणराज अवस्थीले बताउनुभयो ।

प्रकाशित मिति : २०७५, १३ कार्तिक मंगलबार  ९ : ३३ बजे

कस्तो रहनेछ आजको मौसम ?

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ

फूलपाती भित्र्याउने तरिका फरक होला तर विधि समान हुन्छ : डा.नारायण प्रसाद निरौला

काठमाडौं । बडादशैंको सातौँ दिन आश्विन शुक्ल सप्तमीका दिन देशभर

सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह

काठमाडौं । कुनै समय नेपाल आउने अधिकांश पर्यटक काठमाडौंका ऐतिहासिक

घुन्सा हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएकाहरूको सम्झनामा निर्मित अर्धसालिक

विसं २०६३ असोज ७ गते ताप्लेजुङको घुन्सामा भएको हेलिकप्टर दुर्घटनामा

चिनियाँ लगानीको मासु प्रशोधन उद्योगमा कमाउ धन्दा, उद्योग प्रशासक शर्माकै मिलेमतो !

सिन्धुली । निर्माणाधिन सिन्धुलीको मासु प्रशोधन उद्योगमा अबैध रुपमा काममा